सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा विघटनको नजीर बस्नु मुलुकको लागि घातक हुने बताएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा शाहीले स्थायी सरकार, समृद्धि र विकासका लागि मध्यावधि निर्वाचन समाधान नभएको बताएका हुन्।
मुख्यमन्त्री शाहीले अहिलेको गम्भीर परिस्थितिलाई सुल्झाउने र संविधानलाई बलियो बनाउने जिम्मेवारी न्यायालयको काँधमा आएको बताए।
उनले भने, ‘प्रतिनिधिसभा विघटनले बैधानिकता पाए मुलुक अस्थिर राजनीतिको चङ्गुलमा फस्ने छ। यस्तो प्रवृत्तिले मुलुकलाई दीर्घरोगी बनाउने छ।’