काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली १ माघमा भारत भ्रमणमा जाने भएका छन्।
परराष्ट्र मन्त्रालयलका अनुसार ज्ञवाली तीन दिने भ्रमणको लागि भारत जान लागेका हुन्।
भ्रमणका क्रममा ज्ञवालीले नेपाल–भारत संयुक्त बैठकमा सहभागी हुने छन्।
बैठकमा दुई देशबीचको सम्बन्ध, व्यापार, ऊर्जा, सीमा, कोरोनाविरुद्धको संयुक्त लडाइँलगायत विषयमा छलफल हुने छ।
नयाँदिल्लीमा रहँदा ज्ञवालीले भारतका उच्च राजनीतिक व्यक्तिसँग पनि भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
ज्ञवाली ३ माघ, शनिबारका दिन स्वदेश फर्किने कार्यक्रम छ।