बुधबार, वैशाख १२, २०८१

पेट्रोलियम व्यवसायीको नाफा बढाउन निगम सकारात्मक

पेट्रोलियम डिलर्स एसोसिएसनले पेट्रोलमा आफूहरुको नाफा न्यून रहेको भन्दै नाफा बढाउन माग गर्दै आएको छ।
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम व्यवसायीहरुको नाफा बढाउन सकारात्मक रहेको प्रतिक्रिया दिएको छ। पेट्रोलियम डिलर्स एसोसिएसनले पेट्रोलमा आफूहरुको नाफा न्यून रहेको भन्दै नाफा बढाउन माग गर्दै आएको छ।

triton college

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले व्यवसायीहरुको माग विगतदेखिकै रहेकाले अलिकति बढाउनुपर्ने आवश्यकता देखिएको बताए। ‘नाफा बढाउनुपर्ने माग पुरानै हो। विगतमा एउटा कमिटी बनेको रहेछ, सोही कमिटीले सिफारिस गरेको आधारमा २०–३० पैसा बढाउनु पर्ला,’ पौडेलले नेपाल समयसँग भने।

यसअघि पेट्रोल पम्प व्यवसायीले नेपाल आयल निगमसँग  आफूहरुले कारोबार गर्दै आएको पेट्रोल र डिजेलमा नाफा बढाउन माग गरेका थिए। निगमले नाफा नबढाएमा आगामी माघ १ गतेदेखि प्रतिलिटर ५० पैसाका दरले आफैंले मूल्य बढाउने व्यवसायीले धम्की दिएका थिए।

यसअघि पेट्रोल पम्प सञ्चालकहरुको संगठन नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले हालको लागत खर्च, व्यवसाय सञ्चालन खर्च, कानुनअनुसार व्यवस्था गरिएको मजदुरको सेवा सुविधा खर्च र हालको मुद्रास्फीति लगायतलाई मध्यनजर गर्दै व्यवसायीको नाफा बढाउन माग गरेको थियो।

त्यस्तै पूर्वाधार स्तरोन्नति खर्च, बैंक ब्याजदर एवं राजस्वका दरहरुलाई हेर्दै औसत कमिसन पेट्रोलमा ३.३९ प्रतिशत र डिजेलमा ३.१२ प्रतिशत कमिसन उपलब्ध गराउनु पर्ने एसोसिएसनको मागपत्रमा उल्लेख छ।

corrent noodles
Metro Mart

करिब ३ वर्षअघि एसोसिएसनका पदाधिकारीसहितको विज्ञ टोलीले अध्ययन गरेर व्यवसायीले पाउँदै आएको कमिसनमा थप गर्नुपर्ने निष्कर्ष निकालेको थियो। सोही आधारमा नाफा बढ्नुपर्ने भए पनि पछिल्लो समय कोभिड–१९ ले थलिएको अवस्थामा कमिसन नबढाए आफैंले कमिसन बढाउने एसोसिएसनको भनाइ छ।

‘कोभिड–१९ का कारण यसै व्यवसाय धराशायी भएका बेलामा ३ वर्षपहिले नै सिफारिस विकल्प पनि उपभोक्तालाई थप भार नपर्ने गरी निगमको सञ्चित कोषबाट व्यवस्थापन गर्दै शिघ्र कार्यान्वयन गर्न अनुरोध गर्दछौं,’ एसोसिसनका महासचिव विश्व अर्यालद्वारा हस्ताक्षर गरिएको मागपत्रमा उल्लेख छ, ‘माघ १ गतेसम्म पनि माग पूरा नभए व्यवसायीहरु बाध्य भई साबिक खुद्रा बिक्री मूल्यमा ५० पैसा प्रतिलिटरका दरले बिक्री गर्ने जानकारी गराउँदछौं।’

प्रकाशित: Jan 12, 2021| 05:54 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्