काठमाडौं– प्रहरीले स्रोत नखुलेको ३७ लाख नगदसहित एकजनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाले चितवनबाट काठमाडौं आउँदै गरेको बा३ख ९१३९ नंको हाइस गाडीमा चितवन माडीका २६ वर्षीय रामकुमार गुरुङलाई सोमबार पक्राउ गरेको हो।
झोलामा लुकाएर ल्याएको नगद र चेकबुकसहित गुरुङलाई पक्राउ गरेको हो।
पक्राउ परेका गुरुङसँग प्रहरीले ३७ लाख नगद, सात लाख ११ हजारको ग्लोबल आइएमई बैंकको एक थान चेक बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।