एजेन्सी- म्यानमारमा सैनिक सरकारको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेको छ। आज (आइतबार) भएको प्रदर्शनमा प्रहरीको गोली प्रहारबाट दुई जनाको मृत्यु भएको छ।
यसका साथै कयौँ व्यक्ति घाइते भएको जनाइएको छ। म्यानमार प्रहरीले सैन्य शासनको विरोध गरिरहेका प्रदर्शनकारीमाथि गोली चलाएको समाचार एजेन्सी रोयटर्सलाई उधृत गर्दै बीबीसीले जनाएको छ।
गोली प्रहारबाट दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएको बताइएको छ।
प्रहरीले यांगुन सहरका साथै अन्य कयौँ ठाउँमा प्रदर्शनकारीमाथि अश्रुँ ग्यास प्रहार गरेको छ।
गत फेब्रुअरी १ मा म्यानमारमा सैनिकले निर्वाचित सरकारलाई नियन्त्रणमा लिएर सैनिक शासन सुरु गरेको छ।
यसको विरोधमा त्यहाँ भएका प्रदर्शनमा यसअघि नै दुई जनाको मृत्यु भइसकेको थियो। प्रदर्शन भने दैनिकजसो भइरहेका छन्।