धनगढी – कैलालीको गोदावरी नगरपालिका-५ स्थित निर्माणाधीन गेटा मेडिकल कलेज नजिकै आज एक युवकको शव फेला परेको छ।
स्थानीय ३६ वर्षीय शिवचरण रानाको शव फेला परेपछि घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्ट र इलाका प्रहरी कार्यालय मालाखेती प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटिएको हो।
अनुसन्धानका लागि धनगढीस्थित कुकुर शाखाबाट तालिम प्राप्त कुकुरसमेत घटनास्थलमा परिचालन गरिएकाे छ।
गेटा आँखा अस्पताल नजिकै पसल सञ्चालन गर्दै आएका रानाको टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएकाले हत्या गरिएको हुन सक्ने प्रहरीकाे भनाइ छ।