विराटनगर – सुनसरीको खनारमा शुक्रबार राति भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ।
मृत्य हुनेमा मोरङको उर्लाबारी नगरपालिका–१ का ४१ वर्षीय मनोज खनाल रहेको प्रहरीले जनाएको छ।
कोशी लोकमार्गमा उत्तरतर्फ जाँदै गरेको बीआर ०१ जीडी १४५८ नम्बरको ट्रकले साइकलमा सवार खनाललाई शुक्रबार साँझ पौने ७ बजे इटहरी उपमहानगरपालिका–१२ स्थित खनारमा ठक्कर दिएको थियो।
गम्भीर घाइते खनालको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।