बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अख्तियारले बुझायो गण्डकी प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन 

अख्तियारले बुझायो गण्डकी प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले आयोगको ३०औं वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पेस गरेको छ।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

पोखरा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले आयोगको ३०औं वार्षिक प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पेस गरेको छ।

triton college

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगले प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाएको हो। 

कार्यालय प्रमुख विपीन आचार्यले प्रतिवेदनका मुख्य विषयहरूको संक्षिप्त प्रस्तुतीकरण गरे। आचार्यले प्रस्तुतीकरणमा प्रतिवेदनमा रहेका मुख्य विषय, उजुरीको प्रवृत्ति, प्रदेशस्तरमा उजुरीहरूको प्रवृत्तिसँगसँगै भ्रष्टाचार न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय तहका लागि आयोगले पेस गरेका सुझावहरूको बारेमा प्रकाश पारे। 

वार्षिक प्रतिवेदन ग्रहण गर्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संविधान र कानुनीरूपमा आयोग अधिकार सम्पन्न रहेको बताए।

आयोगले प्रमाणमा आधारित सूक्ष्म अनुसन्धान गरी सोका आधारमा जुनसुकै पदका दोषीउपर अभियोजन गर्नुपर्नेमा जोड दिए।

corrent noodles
Metro Mart

त्यसै गरी आयोगको ५ वर्षे संस्थागत रणनीतिक योजनाको सोच ‘भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण’ पूरा गर्न अधिकार सम्पन्न निकायबाट हुने कार्य आयोगको क्षेत्राधिकार बाहिर राखिन नहुने शेरचनको भनाइ छ। उनले गण्डकी प्रदेशमा निर्ममतापूर्वक भ्रष्टाचारविरुद्ध आयोग र आयोगको कार्यालय पोखराले भूमिका खेल्नुपर्ने औंल्याए। 
 

प्रकाशित: Jan 11, 2021| 02:55 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।