शनिबार, वैशाख ८, २०८१

पेट्रोल पनि अब पाइपलाइनबाट आयात हुने

मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनमार्फत अब पेट्रोल पनि आयात हुने भएको छ।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं- मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनमार्फत अब पेट्रोल पनि आयात हुने भएको छ।

triton college

पाइपलाइन सञ्चालनमा आएदेखि हालसम्म डिजेल मात्रै आयात गर्दै आएको नेपाल आयल निगमले निकट भविष्यमै पेट्रोलको पनि आयात गर्ने भएको हो।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको ५१औं वार्षिकोत्सवको अवसरमा उक्त जानकारी गराएका हुन्।

पाइपलाइन २०७५ भदौ २४ गते देखि सञ्चालनमा आएको थियो। ‘हाल संचालनमा रहेको मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइन मार्फत पेट्रोल समेतको आयात गर्ने प्रक्रिया प्रारम्भ गरिएको छ’ आइतबार आयोजित निगमको ५१औं वार्षिकोत्सवमा पौडेलले भने। 

प्रकाशित: Jan 10, 2021| 12:46 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्