शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • होम आइसोलेसनमा बस्ने ५८ प्रतिशतलाई मानसिक अशान्ति : अध्ययन

होम आइसोलेसनमा बस्ने ५८ प्रतिशतलाई मानसिक अशान्ति : अध्ययन

सरकारले सामान्य अवस्थाका कोरोना संक्रमितलाई होम आइसोलेसन सुरक्षित भन्दै घरमै बस्न सिफारिस गर्दै आएको छ।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं– सरकारले सामान्य अवस्थाका कोरोना संक्रमितलाई होम आइसोलेसन सुरक्षित भन्दै घरमै बस्न सिफारिस गर्दै आएको छ। कोरोनाको सामान्य लक्षण भएका तथा लक्षण नभएका संक्रमितलाई अस्पतालभन्दा होम आइसोलेसन सुरक्षित भएको भन्दै सरकारले उक्त नीति लिएको हो।

triton college

तर, होम आइसोलेसनमा बस्ने आधाभन्दा धेरैलाई मानसिक अशान्ति भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक अध्ययनले देखाएको छ। 

परिषदले गरेको अध्ययनअनुसार होम आइसोलेसनमा बसेका ६५.९ प्रतिशत कोरोना संक्रमितलाई कुनै पनि लक्षण देखिएको थिएन। होम आइसोलेसनमा रहेका ५७.८ प्रतिशत पुरुष र ४२.२ प्रतिशत महिलामा अध्ययन गरेको थियो। अध्ययनमा सहभागी संक्रमितमध्ये ५२.५ प्रतिशतले परिवारसँग सामाजिक दुरी पूर्णरुपमा र ३५ प्रतिशतले कहिलेकाहीँ सामाजिक दुरी कायम गरेको समेत पाइएको छ।

संक्रमित भई उपचार गरिरहेका मध्ये ५९.३ प्रतिशतले घरेलु, ५.६ प्रतिशतले आयुर्वेदिक र २९.६ प्रतिशतले आधुनिक औषधि उपचार गरेको अध्ययनले देखाएको छ। २१.१ प्रतिशतमा दीर्घरोग (मधुमेह, टीबी, दम) रहेको पाइएको थियो। 

नेपालमा देखिएको कोरोना भाइरसको स्रोत भारत, साउदी अरेबिया, युरोप र अमेरिकाको जस्तै भएको परिषद्का अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल बताउँछन्। परिषदले संक्रमित बिरामीको अनुवांशिक अनुक्रमिय व्याख्या (जीन सिक्वेन्सिङ) गर्दा स्रोत पत्ता लागेको धिमालले बताए।

corrent noodles
Metro Mart

परिषदले विभिन्न देशबाट आएका १५ जना संक्रमित बिरामीको सार्स कोभ–२ को जिन सिक्वेन्सिङ गरेको थियो। नेपालमा देखिएको भाइरसको अनुवंशीय अनुक्रम विश्वव्यापी रुपमा भएको अनुक्रम भन्दा भिन्न नभएको परिषदले जनाएको छ । 
 

प्रकाशित: Jan 10, 2021| 10:58 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।