काठमाडौं- विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण आज पनि कतिपय उद्योग खुल्ने अवस्थामा नरहेको र खुलेका उद्योग पनि गति लिइरहेको अवस्थामा भएकाले आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत सम्म थप्नुपर्ने माग गरिएको छ।
नेपाल उद्योग परिसंघले आयकर विवरण बुझाउन र कम्पनी अद्यावधिक गर्न आउँदो चैतसम्म सरकारले समय सीमा तोक्नुपर्ने माग गरेको हो।
विगतका वर्षमा सरकारले तोकेकै समयमा उद्योगी व्यवसायीहरुले आयकर विवरण बुझाएको र कम्पनी अद्यावधिक गराएको स्मरण गराउँदै परिसंघले भनेको छ, ुआर्थिक वर्ष ०७६र०७७ देखिनै कोरोनाका कारण उद्योग व्यवसायहरु प्रभावित भए। आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने अवस्था भएन, अझै सबै उद्योग, कम्पनीहरु पूर्ण रुपमा खुलेको अवस्था छैन। म्याद थप गर्नुको विकल्प छैन।ु
कति उद्योग व्यवसाय सञ्चालनमा अझै नआएको र कतिपय उद्योगी व्यवसायीले लेखा परीक्षण गराउनै नसकेकाले म्याद थप गर्न परिसंघले सरकारलाई अपिल गरेको हो।
अहिले नै विवरण बुझाउने र अद्यावधिक गर्ने परिस्थिति नभएकाले थप शुल्क तथा जरिवान तिर्नु पर्ने अवस्थाको अन्त्य गर्न समयमै म्याद थप गरी समस्याको समाधान गर्न परिसंघले सरकारसँग माग गरेको छ।