समाज समाचार

आज यी तीन प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा हुने

1614129463.jpeg

काठमाडौं– आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ। 

NLG Insurance
Sampoorna Oil

मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुनेछ। 

महाशाखाका अनुसार रातिसम्म प्रदेश १ र गण्डकीमा वर्षा जारी रहे पनि बागमती प्रदेशमा भने राति वर्षा हुने छैन। 

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले विभिन्न ठाउँमा वर्षा भइरहेको छ। 

अहिले भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागको मौसम सामान्यता सफा छ। 

महाशाखाका अनुसार तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको छ। 
 

प्रतिक्रिया दिनुहोस्