शुक्रबार, वैशाख ७, २०८१

नक्सालमा फिटनेस पार्क सञ्चालन

टेम्पल प्रोजेक्ट अभियानले काठमाडौंको नक्सालस्थित नारायणचौरमा फिटनेस पार्क सञ्चालनमा ल्याएको छ। 
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

काठमाडौं- टेम्पल प्रोजेक्ट अभियानले काठमाडौंको नक्सालस्थित नारायणचौरमा फिटनेस पार्क सञ्चालनमा ल्याएको छ। 

triton college

व्यस्त जीवनशैलीका कारण शारीरिक व्यायामको कमीले बढ्दै गएको स्वास्थ्य समस्या कम गर्न फिटनेस पार्क सञ्चालनमा ल्याइएको हो। 

नेपाली युथ फिटनेस एन्ड केलिस्थेनिक्स (एनवाईएफसी) र डीभी एजुकेसन नेटवर्कअन्तर्गत शुभश्री इन्टरनेसनल कलेजको संंयुक्त प्रयासमा फिटनेस पार्कको निर्माण गरिएको हो।

नेपालका विभिन्न सहरमा २० भन्दा बढी यस्ता पार्क बनाउने अभियानअन्तर्गत फिटनेस पार्क निर्माणको अवधारणा अगाडि सारेको अभियानका संस्थापक तथा एनवाईएफसीका अध्यक्ष सुकदेव कार्कीले बताए।

corrent noodles
Metro Mart

यसअघि काठमाडौंको टोखास्थित भूतखेलमा र पोखराको लेकसाइडस्थित डिहीकोपाटनमा व्यायामशाला तथा केलिस्थेनिक्स पार्क सञ्चालनमा आइसकेको छ।

टेम्पल प्रोजेक्ट अभियानअन्तर्गतको नक्सालस्थित पार्क नेपालको सबैभन्दा ठूलो फिटनेस पार्क भएको अध्यक्ष कार्की बताउँछन्।

पार्कको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले गरेका हुन्।

थापाले शारीरिक र मानसिक स्वास्थ्यलाई सन्तुलन राख्नका लागि नियमित व्यायाम आवश्यक रहेको भन्दै देशभर यस्ता फिटनेस पार्क अभियानको रूपमा निर्माण गर्न जरुरी रहेको बताए। 

साथै खुला स्थानलाई सही सदुपयोग गर्नु पनि सहरको परिभाषा भएको उनको भनाइ छ। साथै एनवाईएफसीलाई आफ्नो साथ रहेको थापाले बताए।

कोरोना महामारीको समयमा भएको लकडाउनका कारण सबै मानिस घरभित्र थुनिँदा शारीरिकरूपमा निष्क्रिय हुने प्रवृत्ति बढ्दै गएको एनवाईएफसी अध्यक्ष सुकदेव कार्कीले जानकारी दिए। 

कोरोना संक्रमण बढिरहेका बेला यसको उपयोगिता अझ बढी रहेको कार्की बताउँछन्।

डीभी एजुकेसन नेटवर्कका निर्देशक तरुणप्रताप शाहले प्रोजेक्ट टेम्पल अभियानले युवालाई स्वास्थ्यप्रति जागरुक बनाउने लक्ष्य राखेको बताए। अन्य यस्तै २० वटा पार्क निर्माणको अभियानमा जुटेको उनको भनाइ छ।

अभियानअन्तर्गत पहिलो पार्क टोखामा, दोस्रो पार्क पोखरामा र तेस्रो नक्सालस्थित नारायणचौरमा बनाइएको छ। 

साथै ललितपुरको कुपण्डोलस्थित यूएन पार्क, चितवनमा जोरकुसुम पार्क, बुटवल, पोखरा, नेपालगञ्जलगायतका विभिन्न सात स्थानमा पार्क उद्घाटनको क्रममा रहेको प्रोेजेक्ट टेम्पल अभियानले जनाएको छ।

 

अध्यक्ष कार्कीले अभियानअन्तर्गत निःशुल्क व्यायाम प्रशिक्षण दिने जानकारी दिए।

व्यस्त सहरको बीचमा व्यायामशाला सञ्चालनमा आएपछि सहज भएको स्थानीयले बताएका छन्।

उद्घाटन कार्यक्रममा कांग्रेस नेता गगन थापा, सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, एनवाइएफसीका अध्यक्ष सुकदेव कार्कीले स्वस्थ जीवनशैलीका लागि व्यायामको महत्वबारे जानकारी दिएका थिए।

प्रकाशित: Jan 09, 2021| 08:40 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।