शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘विश्वासको मत लिन नसक्ने ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर कसरी पत्याउने ?’

‘विश्वासको मत लिन नसक्ने ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर कसरी पत्याउने ?’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने बताएका छन्।  
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने बताएका छन्।  

triton college

संसद् विघटनको विरुद्धमा कांग्रेसले देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा गरिरहेको विरोधसभाअन्तर्गत काठमाडौं १ (क) मा आयोजित विरोध सभामा बोल्दै सिंहले ओलीको असंवैधानिक कदम सच्याउनुको विकल्प नभएको बताए।  

‘दुई तिहाइ मत पाएको प्रधानमन्त्री भन्ने तर संसद्मा विश्वासको मत लिन नसक्नेले निर्वाचन कसरी गराउँछ ?,’ सिंहले भने, ‘निर्वाचन हुने ग्यारेन्टी कसले लिन्छ ? त्यसैले संसद् विघटनको असंवैधानिक कदम सच्याउनुको विकल्प छैन।’ 

उनले कांग्रेस नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर नबस्ने बताए। ‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरिएको छ,’ सिंहले भने, ‘२०४७ को संविधानअनुसार बनेका सरकार अस्थिर बनेपछि प्रधानमन्त्रीलाई संसद् विघटनको विशेषाधिकार नदिइएको हो। प्रधानमन्त्रीले संविधानको बाटो हिँडेको भए अस्थिरताको भूमरीमा देशको राजनीति फस्दैन थियो।’ 

ओलीले पार्टीभित्रको व्यवस्थापन गर्न नसक्दा रिसले हुँदै नभएको अधिकार प्रयोग गरी संसद् भंग गरेको भन्दै असंवैधानिक कदम चालेर आफूले गरेको काम सही हो भन्न ओली देश दौडाहमा निस्किएको उनको भनाइ छ। 

corrent noodles
Metro Mart

‘उहाँ (ओली) आफ्नो कदम सही हो भन्दै जिल्ला तिर गइरहनुभएको छ। जनता त्यति मुर्ख छैनन्,’ उनले भने, ‘संविधानको धारा १०० अनुसार विश्वासको मत लिएको भए त उहाँकै नेतृत्वको सरकारले निरन्तरता पाउने थियो नि। किन संविधानभन्दा बाहिर गएर कदम चाल्नुभयो त ?’

उनले संसद् विघटनको विषय सर्वोच्च अदालतले हेरिरहेको र अदालतले व्याख्या गर्दा संविधानको भावना र मर्मअनुसार गर्नेमा आफू विश्वस्त रहेको बताए। असंवैधानिक कदम नसच्चाए मुलुकको राजनीति अँध्यारो सुरुङमा फस्ने सिंहको भनाइ थियो। 

उनले स्वास्थ्य सामग्री खरिद, ओम्नी  काण्ड, यति काण्डलगायतका दर्जनौं काण्डमा फसेको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए। ‘सरकार सुशासन दिनेमा होइन कुशासनमा सफल भएको छ। त्यसको पुष्टि ट्रान्सपरेन्सी इन्टरनेश्नलको प्रतिवेदनले गरेको छ,’ सिंहले भने। 

प्रकाशित: Jan 09, 2021| 06:59 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।