बुधबार, वैशाख १२, २०८१

हेटौँडामा दुर्घटना, एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा १५ चुरियामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

हेटौँडा- पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा १५ चुरियामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

triton college

शुक्रबार राति राजमार्गको चुरियामाई मन्दिर उकालोमा जनकपुरबाट काठमाडौं जाँदै गरेको ना ६ ख  ६९६३ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना ६३ प १५० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार हेटौँडा ३ बस्ने अन्दाजी ४३ बर्षीय देवी लामाको मृत्यु भएको  छ।

उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मुत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। त्यसैगरी मोटरसाइकल चालक हेटौँडा ३ लेवट बस्ने इश्वर नेपाल घाइते भएका छन्। उनको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

ठक्कर दिने बस तथा चालक ईलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा रहेको जनाइएको छ।

प्रकाशित: Jan 09, 2021| 02:17 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।