मंगलबार, वैशाख ४, २०८१

आन्तरिक राजस्व कार्यालयको कर ईसेवाबाट तिर्न सकिने

आन्तरिक राजस्व कार्यालयहरूको राजस्व ईसेवाबाट नै दाखिला गर्न सकिने भएको छ।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं– आन्तरिक राजस्व कार्यालयहरूको राजस्व ईसेवाबाट नै दाखिला गर्न सकिने भएको छ। 

triton college

अबदेखि करदाताले आन्तरिक राजस्व विभाग अन्तर्गतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क ईसेवाबाटै बुझाउन सकिने भएका हुन्। ईसेवामा यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ।

ईसेवा मार्फत कर तिर्नका लागि सर्वप्रथम आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा जानुपर्नेछ । त्यसपछि करदाताको पोर्टलमा गई बायाँतर्फ रहेको जनरलमा क्लिक गरी ट्याक्सपेयर लगइनमा क्लिक गर्नुपर्नेछ। त्यसपछि आफ्नो स्थायी लेखा नम्बर र पासवर्ड राखी पेमेन्ट भौचरमा क्लिक गर्नुपर्नेछ । 

त्यसपछि रकम जम्मा हुने बैंकमा एभरेष्ट बैंक राखि आफूले बुझाउन चाहेको करको प्रकार, राजस्व शिर्षक र कर बापतको रकम उल्लेख गर्नुपर्नेछ। त्यसपछि आर्थिक वर्ष छनोट गरी जेनेरेट ट्रान्जेक्सन कोडमा क्लिक गर्नुपर्नेछ । उक्त ट्रान्जेक्सन कोड टिपेपछि ईसेवामा क्लिक गरी ईसेवाको वेबसाइट खोल्नु पर्नेछ ।

त्यसपछि फाइनान्सियल कम्प्टोलर जनरल अफिसमा क्लिक गर्नुपर्नेछ । त्यसपछि आफूले टिपेको ट्रान्जेक्सन कोड र रकम उल्लेख गरि कर भुक्तानी गर्न सकिनेछ । आफुले भुक्तानी गरिसकेपछि राजस्व कार्यालयको वेबसाइटमा हेर्न सकिन्छ।
 

corrent noodles
Metro Mart

प्रकाशित: Jan 08, 2021| 13:31 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्