बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • निगमको नाफा बढेपछि पेट्रोलियम व्यवसायीले गरे कमिसन बढाउन माग

निगमको नाफा बढेपछि पेट्रोलियम व्यवसायीले गरे कमिसन बढाउन माग

नेपाल आयल निगमको नाफा बढेपछि पेट्रोलियम व्यवसायीले पेट्रोलियम पदार्थको कारोबार गरेबापत कमिसन बढाउन माग गरेका छन्।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं- नेपाल आयल निगमको नाफा बढेपछि पेट्रोलियम व्यवसायीले पेट्रोलियम पदार्थको कारोबार गरेबापत कमिसन बढाउन माग गरेका छन्।

triton college

व्यवसायीले हाल पाउँदै आएको कमिसनमा थप गर्न नेपाल आयल निगम समक्ष माग गरेका हुन्।

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले हालको लागत खर्च, व्यवसाय सञ्चालन खर्च, कानुनअनुसार व्यवस्था गरिएको मजदुरको सेवा सुविधा खर्च र हालको मुद्रास्फिति लगायतलाई मध्यनजर गर्दै व्यवसायीको नाफा बढाउन माग गरेको हो।

त्यस्तै पूर्वाधार स्तरोन्नति खर्च, बैंक ब्याजदर एवम् राजस्वका दरहरुलाई हेर्दै पेट्रोलमा ३.३९ प्रतिशत र डिजेलमा ३.१२ प्रतिशत औषत कमिसन उपलब्ध गराउन माग गरेका छन्।

एसोसिएसनले यसअघि ३ वर्षअघि विज्ञ समूहले अध्ययन गरेर गरेको सिफारिसअनुसार निगमले व्यवसायीको कमिसन थप नगरेको र पछिल्लो समय कोभिड १९ का कारण व्यवसाय थप धरासयी अवस्थामा पुगेकाले कमिसन नबढाए आफैं कमिसन बढाउने धम्की दिएको छ।

corrent noodles
Metro Mart

‘कोभिड १९ का कारण व्यवसाय धरासायी भएका बेला ३ वर्ष पहिले नै सिफारिस गरिएको विकल्प पनि उपभोक्तालाई थप भार नपर्ने गरी निगमको सञ्चित कोषबाट व्यवस्थापन गर्दै शीघ्र कार्यान्वयन गर्न अनुरोध गर्दछौं’ एसोसिसनका महासचिव विश्व अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘माघ १ गतेसम्म पनि माग पुरा नभए व्यवसायीहरु बाध्य भई साविक खुद्रा बिक्री मूल्यमा ५० पैसा प्रतिलिटरका दरले बिक्री वितरण गर्ने जानकारी गराउँदछौं।’

प्रकाशित: Jan 08, 2021| 13:00 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्