मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • संसद् पुनर्स्थापना हुन्छ, राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाइन्छ : गगन थापा  

संसद् पुनर्स्थापना हुन्छ, राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाइन्छ : गगन थापा  

‘संसद् पुनर्स्थापनापछि राष्ट्रपतिलाई घर पठाउँछौं। म यहाँका सांसद र मेयरलाई भन्न चाहन्छु–  तपाईंहरूको बालाई पनि बालकोट पठाउने हो,’ उनले भने। उनले देश ढिलो चाँडो निर्वाचनमा जाने तर संसद्कै बाटोबाट निर्वाचन हुने बताए। 
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले संसद् पुनर्स्थापना हुने बताएका छन्। 

triton college

नेपाल तरुण दल भक्तपुरले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अदालतले संविधान पल्टाएर हेर्ने र संसद् पुनर्स्थापना गर्ने बताएका हुन्। 

‘केपी ओलीको यो कदमलाई संविधानले चिन्दैन। देशले अहिले न्यायालयतर्फ फर्किएर हेरेको छ। श्रीमानहरुले दायाँबायाँ हेर्नुपर्दैन, संविधान पल्टाएर हेरे पुग्छ,’ उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीले सम्मान गुमाएको अवस्थामा अदालतले गुमाउनु हुँदैन। अदालतमाथि प्रधानमन्त्रीले दबाब सिर्जना गर्नुभएको छ, कसरी निर्णय उल्टन्छ भनेर बोलिरहनुभएको छ।’ 

उनले शाही आयोग खारेज गरेको अदालत प्रधानमन्त्रीसँग डराउँदैन भन्नेमा आफू विश्वस्त रहेको बताए। ‘मलाई पूर्ण विश्वास छ। अब केही दिनको बहस पछि अदालतले ओलीको असंवैधानिक कदमलाई खारेज गर्नेछ,’ उनले भने। 

संसद् पुनर्स्थापनापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई घर पठाइने थापाले बताए।

corrent noodles
Metro Mart

‘संसद् पुनर्स्थापनापछि राष्ट्रपतिलाई घर पठाउँछौं। म यहाँका सांसद र मेयरलाई भन्न चाहन्छु–  तपाईंहरूको बालाई पनि बालकोट पठाउने हो,’ उनले भने। उनले देश ढिलो चाँडो निर्वाचनमा जाने तर संसद्कै बाटोबाट निर्वाचन हुने बताए। 

उनले संविधानलाई ट्र्याकमा ल्याउने ताकत कांग्रेससँग भएको बताए। 

उनले कांग्रेसले अदालतको निर्णय नपर्खिएको जिकिर गरे। ‘कांग्रेसले अदालतको निर्णय पर्खिरहेको छैन। कांग्रेसले  कांग्रेसको अधिनायकवादी र असंवैधानिक काम गरेको भनेर निर्णय गरिसक्यो। हामी सबैले बोल्ने यही हो,’ उनले भने। 

अहिलेको अवस्थामा मुलुक आइपुग्नुमा ओली मात्रै नभर सिंगो नेकपा दोषी भएको थापाको भनाइ छ। 

उनले नेकपाले स्वाधीनताको नारा लगाउने गरेको भए पनि मुलुक विदेशीहरुको खेल्ने ठाउँ बन्न पुगेको बताए।

‘कम्युनिस्टहरुले चर्को रुपमा स्वाधीनताको नारा लगाउँछन्। तर चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु नेकपा मिलाउन खुलमखुला भेटघाट गर्दै हिँड्छन्। भारतीय गुप्तचरका अधिकारीले मध्यरातमा प्रधानमन्त्री भेट्छन्,’ उनले भने, ‘नेकपाकै कारण चीन, भारत र अमेरिकाले नेपालमा फुटबल खेलिरहेका छन्। कहाँ हरायो स्वाधीनताको नारा? नेकपा नेतृत्वको सरकारबाट न समृद्धि आयो न स्थिरता भयो  न त स्वाधीनता नै बच्यो।’

प्रकाशित: Jan 08, 2021| 11:47 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।