काठमाडौं- बेल्जियन फरवार्ड इडेन हजार्डले आफ्नो ३०औं जन्मदिनको उपलक्ष्यमा तीन खेलाडीको आफूलाई मनपर्ने क्षमताबारे बताएका छन्। जहाँ उनले आफूलाई बार्सिलोनाका कप्तान लियोनल मेस्सीको बायाँ खुट्टा मनपर्ने बताए।
त्यस्तै हजार्डले अर्का खेलाडी क्रिस्टियानो रोनाल्डोको जितको तिर्खा आफूलाई मनपर्ने बताए। उनले भने, ‘उनको जित र ट्रफीप्रतिको इच्छाका साथै सधैँ स्कोर गर्ने चाहना मनपर्छ।’
त्यस्तै उनले रियलका प्रशिक्षक जिनेदिन जिदानको प्रशिक्षण शैली मनपर्ने बताएका छन्। उनी भन्छन्, ‘तर उनी त्योभन्दा योग्य छन्।’
उनले आफ्नो जन्मदिनको उपलक्ष्यमा ३० प्रश्नको उत्तर दिएका थिए। जहाँ भीएआरको प्रश्नबारे पनि उत्तर दिए।
‘भीएआरले फुटबलबाट धेरै खुसीहरू टाढा पुर्याएको छ,’ उनले भने, ‘धेरै खुसीहरू ! हामी स्कोर गर्छौं, तर के हुन्छ भनेर गोल गरिसकेपछि पनि पर्खनु पर्छ।’
त्यस्तै उनले जन्मदिनको उपलक्ष्यमा रियलमा खेलको स्तरमा सुधार हुनेमा आशावादी रहेको बताएका छन्।
उनी लस ब्लाङ्कोसमा रहँदा नै पेरिसे सेन्ज जर्मेन(पीएसजी) विरुद्ध २०१९ को खेलयता पटकपटक चोटग्रस्त हुँदै आएका छन्। त्यसकारण उनी अब निर्धक्क भएर खेलमा सहभागी हुन चाहन्छन्।