शुक्रबार, वैशाख ७, २०८१

प्रदेश संरचना संघीयताको मुटु : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश संरचना संघीयताको मुटु भएको बताएका छन्।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश संरचना संघीयताको मुटु भएको बताएका छन्। केन्द्र र स्थानीय तहको प्रयोग लामो समयदेखि भए पनि प्रदेश संरचना नयाँ भएको उनले बताए। 

triton college

आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बिहीबार मन्त्रालय पुगेका मुख्यमन्त्री राईले प्रदेश १ को आर्थिक अवस्थाबारे जानकारी लिएपछि संघीयताको मुटु प्रदेश भएजस्तै प्रदेश सरकारको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय भएको बताए। 

प्रदेश सरकारको मुटु पहिलो वर्ष राम्रै चले पनि दोश्रो बर्षको अन्त्यदेखि समस्या देखिँदै गएको आफूले पाएको उनले बताए। मुख्यमन्त्री राईले भने, ‘चालू आर्थिक वर्षको बजेट प्रस्तुत भएर पारित भइसकेपछि मुटु क्रोनिक अवस्थामा पुगेको थाहा भयो। प्रदेशको बजेट दुर्घटनाबाट अघि बढेको रहेछ,’ उनले भने। समस्या पहिचान भएकाले उपचारको प्रकृया शुरु भइसकेको मुख्यमन्त्री राईको भनाइ छ। 

उनले भने, ‘मन्त्रालयका सचिवले चिकित्सकको भूमिका निर्वाह गरिरहनु भएको छ।’ मुटुको सफल उपचारपछि सरकारलाई गतिशील बनाउने उनले बताए। क्रोनिक एकै पटक देखा नपरेको मुख्यमन्त्री राईको भनाइ छ। आर्थिक मामिला मन्त्रालय कसका कारण यो अवस्थामा आइपुग्यो भन्ने सबै रिपोर्टिङ आफूले पाएको उनले बताए। 

प्रदेश सरकारले सही र यथार्र्थपरक बजेट बनाउन नसकेको र वित्तीय अनुशासन कायम नभएको बारे विभागीय मन्त्रीलाई पटक–पटक सचेत गराएको मुख्यमन्त्री राईले बताए। उनले मन्त्रालयमा देखिएको वेथितिलाई पूर्णरुपमा निर्मूल गर्न निर्देशन दिएका छन्। 
पछिल्लो राजनीतिक घटनाक्रमले केही अन्योल देखिए पनि अन्योलतामा नपरी काम गर्न कर्मचारीहरुलाई उनको आग्रह छ। मुख्यमन्त्री राईले भने, ‘प्रदेशमा जसरी घटनाक्रम अघि बढेको छ, यसको भ्रममा नपर्नुहोला।’ 

corrent noodles
Metro Mart

आगामी माघ ७ गतेको प्रदेश सभापछि अन्योल हट्ने उनले विश्वास व्यक्त गरे। सरकार परिवर्तन हुने हल्लाको पछि लाग्नुपर्ने अवस्था नभएको उनले बताए। आफू नेतृत्वको सरकार अघि बढ्ने बताउँदै उनले भने, ‘कोही, कतै र कसैबाट पनि प्रभावित नहुनुहोला।’ उच्च मनोवलका साथ काम गर्न कर्मचारीहरुलाई उनको आग्रह छ। 

मुख्यमन्त्री राईले यही पुस ११ गते आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोलाई पदबाट बर्खास्त गरेका थिए।  


 

प्रकाशित: Jan 07, 2021| 11:00 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।