बिहीबार, वैशाख १३, २०८१

मर्निङ वाकमा निस्केका अधिकारी दुई सातापछि मृत भेटिए 

कास्कीको मादी गाउँपालिका वडा नं ५, चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारी बिहीबार मृत भेटिएका छन्।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

पोखरा– कास्कीको मादी गाउँपालिका वडा नं ५, चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारी बिहीबार मृत भेटिएका छन्। पुस ६ गते मर्निङ वाकमा निस्केका उनी हालसम्म घर नफर्केपछि परिवारजनले खोजी गर्दा पनि भेटिएका थिएनन्। 

triton college

बिहान गाउँकै एक महिला घाँस काट्न जाँदा उनी रुखमै झुन्डिएको अवस्थामा भेटिएको आफन्तले जनाएका छन्। 

बेपत्ता हुनु एक साताअघि उनको पायल्सको अप्रेसनसमेत गरिएको उनका भाइ नमराज अधिकारीले बताए। शल्यक्रियापछि निकै पीडा भएपछि उनले यस्तो सहेर बस्नुभन्दा बरु मर्नु नै बेस भन्ने गरेको उनीसँग भेट हुनेहरुले बताएका छन्। 

उनी बेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरको समेत सहयोगमा मादी क्षेत्रमा खोजतलास गरिएको थियो। धनुवास मावि, मादी–७ छाचोकका पूर्वशिक्षक अधिकारीका श्रीमती र ३ छोरी छन्। 

प्रकाशित: Jan 07, 2021| 10:19 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।