काठमाडौं– सोमबार सेयर बजार परिसूचक (नेप्से) ३२.६७ अंकले घटेको छ। घटेको बजार २६०७.६७ विन्दुमा पुगेर रोकिएको हो।
आज २०७ कम्पनीको २ करोड १६ लाख १४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ४० करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.२२ अंकले घटेर ४७०.३६ विन्दुमा पुगेको छ।
जलविद्युत् समूहको सूचक ४५.८५ र अन्य समूहको सूचक २७.८६ अंकले बढेको छ।
सोमबार बैंकिङ समूहको सूचक ५२.५५, विकास बैंक ६४.८५, फाइनान्स १३.७०, होटल २१.१४ अंकले घटेको छ।
त्यस्तै, जीवन बिमा कम्पनीको सूचक ३५१.३४, उत्पादन ५६.३३, लघुवित्त ५६.९५, सामूहिक लगानी ०.०३, निर्जीवन बिमा १०८.५१ र व्यापार समूहको सूचक ९२.७२ अंकले घटेको छ।
आज आँखु खोला जलविद्युत् कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर डेभलप्मेन्ट बैंकको सेयर १० प्रतिशतले बढेको छ।