बिहीबार, वैशाख १३, २०८१

मेस्सीको दोहोरो गोलमा बार्सिलोनाको जित

कप्तान लियोनेल मेस्सीको दोहोरो गोलसँगै एथ्लेटिक क्लबविरुद्ध जित निकालेको बार्सिलोनाले ला लिगको शीर्ष तीनमा स्थान बनाएको छ।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं– कप्तान लियोनेल मेस्सीको दोहोरो गोलसँगै एथ्लेटिक क्लबविरुद्ध जित निकालेको बार्सिलोनाले ला लिगको शीर्ष तीनमा स्थान बनाएको छ।

triton college

एथ्लेटिक क्लबको मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टिमविरुद्ध ३–२ गोलको संघर्षपूर्ण जित निकाल्दै शीर्ष तीनमा परेको हो।
जितसँगै बार्सिलोनाले अंकतालिका सुधार गरेको छ। उसले १७ खेलबाट ३१ अंक जितेको छ। यता समान १७ खेल खेलेको रियल मिड्रिडको ३६ अंक छ।

तेस्रो स्थानमा रहेको बार्सिलोना शीर्षस्थानको एथ्लेटिको मड्रिडभन्दा आठ अंकले पछि छ। यद्यपि एथ्लेटिकोले बार्सिलोनाको भन्दा दुई खेल कम खेलेको छ।

गएरातिको जितमा मेस्सीले दुई गोल गर्दा पेड्रले एक गोल गरे। एक गोलले पछि परेको अवस्था, १४ औं मिनेटमा पेड्रीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

त्यस्तै, मेस्सीले खेलको ३८ औं मिनेटमा गोल गरेपछि भने बार्सिलोनाले पहिलो हाफमै अग्रता बनायो। पहिलो हाफमै अग्रता बनाउन सहयो गरेका मेस्सीले दोस्रो हाफको ६२ औं मिनेटमा पनि गोल गरे।

corrent noodles
Metro Mart

उनले दुवै गोेल फ्रेन्च फरवार्ड एन्टोनी ग्रिजम्यानको पासमा गरेका थिए। यससँगै दुई गोलको अग्रता बनाएको बार्सिलोनाविरुद्ध घरेलु टिमले अन्तिम मिनेटमा गोल गर्यो।

अन्तिम मिनेटको गोलसँगै खेलमा बार्सिलोनाले ३–२ गोलको जित निकालेको हो।
 

प्रकाशित: Jan 07, 2021| 01:48 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।