धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपट बाेहाेराले राजीनामा दिएका छन्।
आज (बुधबार) धनगढीमा पत्रकार सम्मेलन गरी मन्त्री बोहोराले राजीनामा दिएका हुन्।
बोहोरा नेकपाको ओली समूहका हुन्। प्रतिनिधिसभा विघटनपछि अध्यक्ष केपी शर्मा ओलीले बोहोरालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।
केही समयअघि मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहोरालाई बर्खास्त गरेका थिए। भट्ट दाहाल नेपाल समूहका हुन्।
राजीनामा दिँदै आर्थिक मामिला तथा योजनामन्त्री बोहोराले आफ्नो कार्यकालमा सुदूरपश्चिम सरकारले थुप्रै राम्रा कामहरु गरेको र राम्रा कामको जग बसालेको फेहरिस्त पेश गरेका छन्।