शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • चौरजहारीमा प्रहरी तालिम केन्द्र र जुम्लामा प्रतिष्ठान राख्न प्रस्ताव

चौरजहारीमा प्रहरी तालिम केन्द्र र जुम्लामा प्रतिष्ठान राख्न प्रस्ताव

‘तालिम केन्द्र चौरजहारीमा सार्न प्रस्ताव गरेका छौं’, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) वसन्त पन्तले भने, ‘जग्गा पाएमा प्रहरी तालिम केन्द्र चौरजहारीमा सार्न उपयुक्त छ।’ 
 |  बुधबार, पुस २२, २०७७

देव राना

देव राना

बुधबार, पुस २२, २०७७

सुर्खेत– नेपालगन्जस्थित कर्णाली प्रदेश मातहतको प्रहरी तालिम केन्द्र रुकुमपश्चिमको चौरजहारीमा सार्न प्रस्ताव गरिएको छ। 
कर्णाली प्रदेश प्रहरी कार्यालयले तालिम केन्द्रलाई चौरजहारीमा सार्न प्रस्ताव गरेको हो। 

triton college

‘तालिम केन्द्र चौरजहारीमा सार्न प्रस्ताव गरेका छौं’, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) वसन्त पन्तले भने, ‘जग्गा पाएमा प्रहरी तालिम केन्द्र चौरजहारीमा सार्न उपयुक्त छ।’ 

प्रदेशले तालिम केन्द्रलाई आवश्यक जग्गा उपलब्ध गराइदिन कर्णाली प्रदेश सरकार र चौरजहारी नगरपालिकालाई अनुरोध गरेको छ। 

प्रदेश सरकारले चौरजहारीमा प्रहरी तालिम केन्द्र राख्ने निर्णय गरेको छैन। जग्गा उपलब्ध गराउने–नगराउने टुंगो भने चौरजहारी नगरपालिका निर्भर रहन्छ। 

चौरजहारी क्षेत्रलाई नमुना सहर बनाउने घोषणा गरेपछि त्यहाँ जग्गाको कारोवार उच्च छ। 

corrent noodles
Metro Mart

यही कारण चौरजहारीमा जग्गा प्राप्ति गर्न सहज छैन। तालिम केन्द्रका लागि कम्तीमा पाँचदेखि २० बिघा जग्गा चाहिन्छ। 

दीर्घकालीन रूपमा प्रहरी जवानदेखि उच्चस्तरीय प्रहरी अधिकारलाई तालिम दिन धैरे क्षेत्रफल आवश्यक पर्छ।

नेपालगन्जस्थित कुकुर शाखालाई पनि सुर्खेतमा सार्ने तयारी गरिएको छ। 

कुकुर शाखाका सुर्खेतमा उपयुक्त स्थान खोजी रहेको प्रहरीले जनाएको छ। 

प्रदेश राजधानीमा धेरै आपराधिक घटना हुने र अनुसन्धानका लागि सहज हुने भन्दै कुकुर शाखा सुर्खेतमा राख्ने तयारी गरिएको हो। 

संरचना अभावका कारण कर्णाली प्रदेश प्रहरी मातहतका प्रहरी तालिम केन्द्र, संघीय प्रहरी एकाइ, दंगा नियन्त्रण गण र कुकुर शाखालाई लुम्बिनी प्रदेशको नेपालगन्जमा राखिएको छ। 

प्रहरी संरचनाका लागि जग्गा नपाउँदा कर्णालीका प्रहरीका संरचना नेपालगन्जमै राख्नुपरेको हो। 

सार्वजनिक जग्गा भए पनि प्राप्तिका लागि स्थानीय प्रदेश सरकारले चासो नदिँदा जग्गा प्राप्तिमा ढिलाइ भएको प्रदेश प्रहरी कार्यालयको तर्क छ।

यता प्रदेश सरकारले पनि जग्गा प्राप्त गर्न नसक्दा प्रहरी संरचनाका लागि बिनियोजित बजेट कार्यान्वयनमा चुनौती थपिएको जनाएको छ। 

चालू आर्थिक वर्षमा प्रदेश सरकारले प्रहरी संरचना निर्माणका लागि झन्डै १० करोड बजेट विनियोजित गरेको छ। 

मंसिर १८ गते मन्त्रिपरिषद् बैठकले बजेट कार्यान्वयनका लागि मन्त्रालयलाई अख्तियारीसमेत दिइसकेको छ। तर जग्गाको टुंगो लाग्न नसक्दा प्रहरी बजेट कार्यान्वयन हुनको प्रक्रियामा गएको छैन। 

प्रदेश सरकारले चालू आर्थिक पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठानका लागि तीन करोड ९३ लाख, प्रहरी संरचना निर्माणका लागि पाँच करोड र प्रहरी तालिम केन्द्रको संरचना निर्माणका लागि एक करोड गरेर कुल नौ करोड ९३ लाख रुपैयाँ छुट्याएको छ।

जुम्लामा प्रहरी प्रतिष्ठान राख्न प्रस्ताव

कर्णाली प्रदेश सरकारले गठन गर्न लागेको पर्वतीय प्रहरी प्रतिष्ठा जुम्लामा राख्ने प्रस्ताव गरिएको छ। 

प्रहरी प्रतिष्ठानका जुम्लामा राख्ने प्रस्ताव गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताए। 

प्रतिष्ठानका लागि सार्वजनिक जग्गाको खोजी भइरहेको छ। जग्गा प्राप्त भएमा चालू आर्थिक वर्षमै प्रतिष्ठानका लागि संरचना निर्माण गर्ने प्रदेश सरकारको योजना छ।

उच्च हिमाली क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई तालिम दिने उद्देश्यले प्रदेश सरकारले पर्वतीय प्रहरी प्रतिष्ठा गठन गर्न लागेको छ।

कर्णालीका मुगु, जुम्ला, हुम्ला र डोल्पा उच्च हिमाली क्षेत्रमा पर्छन्। ती जिल्लामा खटिने प्रहरीका लागि पर्वतीय तालिम आवश्यक पर्छ।

प्रकाशित: Jan 06, 2021| 06:24 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।