काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको छ।
५ पुसमा प्रधानमन्त्रीले संसद् विघटन गरेपछि सर्वोच्चमा परेका मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितका पाँचजना न्यायाधीशहरूको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ तोकिएकाले आजदेखि सुनुवाइ सुरु भएकाे हाे।
अहिले रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस सुरु गरेका छन्।
संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट परेका थिए।
८ पुसमा प्रधानन्यायाधीशले एकल इजलासमा राखेर सुनुवाइ गरेका सबै मुद्दालाई संवैधानिक इजलासमा पठाउने आदेश गरेपछि सबै मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो।
रिट निवेदक कानुनविद्हरूले यी मुद्दाको बृहत् पूर्ण इजलासबाट सुनुवाइ गरिनुपर्ने माग राखे पनि त्यो विषयलाई सर्वोच्चले अस्वीकार गरिसकेको छ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्। आजदेखि सुरु भएकाे निरन्तर सुनुवाइमा १० पुसमा गठन गरिएकाे संवैधानिक इजलासमा रहेका न्यायाधीशलाई नै निरन्तरता दिइएकाे छ।
याे पनि पढ्नुहाेस्
यसअघिकै न्यायाधीशलाई राखेर संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ हुँदै