मंगलबार, वैशाख ११, २०८१

पीएम कप उपाधि : बलिङ, अभ्यास र भाग्यको अनुपम संयोग

क्रिकेटमा लक वा भाग्य पनि महत्वपूर्ण पार्ट हुन्छ, किनभने टस त कसैको हातमा हुँदैन् नि! खेलका लागि टस धेरै महत्वपूर्ण हुन्छ।
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

काठमाडौं – प्रधानमन्त्री(पीएम) कप महिला राष्ट्रिय टी–२० क्रिकेट २०७७ को बलिङतर्फ बलियो प्रदर्शन गरेको प्रदेश १ ले फाइनलमा पनि सोही लय निरन्तरता दिन सफल भएको छ। 

triton college

परिणामस्वरूप बलियो प्रतिद्वन्द्वी सशस्त्र प्रहरीको एपीएफ टिम प्रदेश १ सँग पराजित हुनपुग्यो। प्रदेश १ ले पहिलोपटक उपाधिमा कब्जा जमायो।

एपीएफ त्यस्तो टिम हो जसले पीएमकपमै दुई सयभन्दा धेरै रन बनाएको छ। समूहचरणको खेलमा एपीएफले कर्णालीविरुद्ध २३५ रन बनाएको थियो। जहाँ उसले जित नै २०४ रनको निकाल्यो।

यस्तो जित तक्रिकेटमा दुर्लभमध्येको एक हुनुपर्छ। अर्थात् एपीएफ बलिया पाखुरा भएका खेलाडीले भरिपूर्ण टिम हो।
यसैले कुनै पनि समकक्षी नेपाली टिमलाई एपीएफविरुद्ध बलिङ गर्न ठूलो दबाब हुन्छ। तर आइतबारको फाइनलमा त्यस्तो देखिएन।

जवाफी ब्याटिङमा उत्रिएको एपीएफले प्रदेश १ सामु राम्रो सुरुवात गर्न सकेन। जहाँ उसले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको थियो।

corrent noodles
Metro Mart

एपीएफका बलिया ब्याट्सम्यान ज्योति पाण्डे, राजमती ऐरी र इन्दु बर्मा पनि क्रमशः १४, शून्य र सात रनमा आउट भए। पाण्डे त सर्वाधिक रन बनाएकी खेलाडी हुन्।

राष्ट्रिय टोलीमा प्रभाव जमाइसकेका खेलाडीलाई पराजित गर्न चानचुने जोडबलले हुने  कुरै भएन्। तर प्रदेश १ले लय कायम राख्यो।

फाइनल खेलको अन्तिम ओभरमा पनि एपीएफले जितको आशा कायम राखेको थियो। उक्त आशालाई भत्काउँदै पूर्वेली टिमले एकै ओभरमा दुई विकेट गिरायो। अनि विजेता बन्यो।

‘यत्रो वर्ष फाइनल हार्दा हार्दा हार्दा ! अहिले चाहिँ नयाँ अंग्रेजी वर्ष, नयाँ भिक्ट्रि, एकदमै खुसी लागेको छ,’ प्रदेश १ कि कप्तान रुविना क्षेत्रीले भनिन्।

जब अन्तिम दुई बलअघि प्रदेश १ विजेता बन्दै छ भन्ने लाग्यो, कप्तान क्षेत्रीले लकडाउन अवधिभर गरेको अभ्यास सम्झिएकी थिइन्। किनभने लामो समय ग्याप हुँदा पनि प्रदेश १ का खेलाडीले अभ्यास छोडेका थिएनन्।

‘लकडाउनमा रेस्ट गरेनौँ। अभ्यास सेसन चाहिँ पोसिबल थिएन्,’ उनले भनिन्, ‘ फिटनेस कायम राखेका थियौँ। चियाबगानभित्र गएर भएपनि अभ्यास छाडेनौँ। त्यसमा मेनेजरले पनि सहयोग गर्नु भएको थियो।’

उनी थप्छिन्, ‘अब लास्ट मोमेन्टमा जब जित्छौं भन्ने फिल भयो, जब खेल हाम्रो हातमा आयो भन्ने फिल भयो त्यतिबेलाचाहिँ लकडाउन भरि गरेको दुख सम्झिएँ। साथीहरु एक डेढ घण्टा टाढाको मैदानमा गएर अभ्यास गरेकोलगायत् सबैथोक आँखामा आयो।’

प्रतियोगिता अवधिभर धुँवाधार बलिङ गरेकी थिइन संगीता राईले। त्यसैले त हो प्रदेश १ की कप्तान रुबिना क्षेत्रीले उनको एक ओभर अन्तिम ६ बलका लागि बचाएर राखेकी थिइन्।

‘जब १२ ओभर सकियो त्यसबेलामा रनभन्दा बल कम बाँकी भयो,’ कप्तानक्षेत्रीले नेपाल समयसँग भनिन, ‘त्यतिबेलाबाट चाहिँ अन्तिमका ओभरहरुमा मेन बलरलाई खेलाउने भनेर राखेको थिएँ।’

त्यतिबेला कप्तानको योजना र राईको क्षमता परीक्षण हुने समय पनि थियो। यता गेमलाई एपीएफको हातबाट खोस्न पनि उत्तिकै चुनौति थियो।

किनकि त्यतिबेला ममता चौधरी र करुणा भण्डारीले ६४ रनको साझेदारी गरिरहेका थिए। र, फर्ममा थिए। बाउन्ड्रीसमेत नापिसकेका खेलाडी ब्याटिङमा हुनु बलरका लागि खतराको सूचकाङ्क हो।

त्यही अवस्थामा हो राईले सम्हालेको ओभरमा दुई खेलाडी आउट भएका। राईको खातामा दुवै विकेट त देखिएन तर एपीएफका खेलाडीको विकेट झर्यो। राईको ओभर सफल रह्यो।

तर उनको पहिलो प्राथमिकता मै यो रणनीति भने थिएन। बरु टस जितेर ब्याटिङ गर्ने भन्ने थियो। नभन्दै टस जितेर सोहीअनुसार गरिन्।

‘जब खेल्दै गइयो, मैले उनीहरुको माइन्ड सेटअप बुझिसकेकी थिएँ। खेल अन्तिम ओभरसम्म नै जान्छ जस्तो लागेको थियो,’ उनले भनिन्, ‘किनभने बीचमा एपीएफले सीधा खेलिरहेको थियो। हाम्रो नन रेगुलर बलरलाई चार्ज नै गर्न खोजिरहेको थिएन्।’

यसअघि सेमीफाइनल खेलमा पनि प्रदेश १ ले लुम्बिनी प्रदेशलाई सस्तैमा समेटेको थियो। जहाँ लुम्बिनी १४ दशमलव १ ओभरमा सबै विकेट गुमाउन पुग्यो।

त्यो खेलमाबलर राई र निग्मा तामाङले समान २, २ विकेट लिए। कप्तान क्षेत्रीले एक विकेट लिइन्।

त्यसअघि समूह चरणमा पनि प्रदेश १ ले बलियो बलिङ कौशल प्रस्तुत गर्यो। समूह चरणको अन्तिम खेलको ब्याटिङ त झनै हेर्न लायक रह्यो।

उसले गण्डकी प्रदेशलाई सात रनमै अलआउट गर्यो। अच्चम्म त के भने गण्डकीका १० खेलाडी मिलेर सात रन मात्र जोड्न सके।

जहाँ ९ खेलाडी शून्य रनमै आउट भए। प्रदेश १ को बलिङसामु गण्डकी आठ ओभर मात्र टिक्न सक्यो।

उक्त खेलमा संगीता राईले सर्वाधिक ५, सवनम राईले ४ र अप्सरी बेगमले एक विकेट लिन सफल बनेका थिए।

त्यस्तै, समूह चरणको दोस्रो खेलमा पनि प्रदेश १ ले सुदूपरश्चिममाथि पाँच विकेटको जित निकाल्दा प्रतिस्पर्धि टिमलाई ५३ रनमा समेटेको थियो।

जहाँ प्रदेश १ ले आठ विकेट लियो। संगीता राईले ३, सबनम राईले २, निग्मा तामाङ र कप्तान क्षेत्रीले १–१ विकेट गिराए।

पछिल्लो खेलमा मात्र होइन प्रतियोगिताको सुरुवातमै प्रदेश १ ले सम्झनलायक बलिङ गरेको थियो। बाग्मतिविरुद्ध मैदानमा आएको टिमले प्रतिस्पर्धिलाई दोस्रो इनिङको १६ ओभर चार बलमै रोक्यो।

१०७ रनको लक्ष्य पछ्याएको बाग्मति ६० रनमै बाहिरिँदा प्रदेश १ ले महामारीपछिको राष्ट्रिय प्रतियोगितामा सानदार इन्ट्री मारेको हो।

यती हुँदाहुँदै पनि प्रतियोगितामा एपीएफकी करुणा भण्डारी ४ खेलमा १२ विकेट गिराएर सर्वाधिक विकेट टेकर बनिन्। तर खेलाडीतर्फ प्रतियोगिताको शीर्ष उपाधि ‘प्लेयर अफ दि टुर्नामेन्ट’चाहिँ संगीता राईकै भागमा पर्यो।

यता कप्तान रुबिना क्षेत्री प्रदेश १ को बलिङल र ब्याटिङ दुवै उत्तिकै बलियो रहेको बताउँछिन्। बलिङलाई मात्र श्रेय दिनु नहुने उनको तर्क छ। 

‘मुख्य श्रेयचाहिँ दुवैलाई जान्छ। ब्याटिङ नराम्रो भनौं भने फाइनलमा पनि हन्द्रेड प्लस स्कोर गरेको छ। सात रनमै अलआउट गर्ने बलिङ त त्यसै राम्रो भइहाल्यो।’

‘उसो भए प्रतियोगितामा प्रदेश १ धेरै नै बलियो हो कि अन्य टिम कमजोर ?’ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘हामी बलियो त हौँ। तर अन्य टिम अभ्यासको कमीले कमजोर भएका हुन्। मेरो विचारमा यतिसम्म कमजोर क्रिकेट त नहुनु पर्ने हो।’

उनले थपिन, ‘वास्तवमै, हामीले राम्रो अभ्यास गरेर आएकाले साथीहरुलाई धेरै प्रेसर नपरेको हुनसक्छ। हामीले सात महिनाबाट बलरलाई अभ्यास गराइरहेका थियौँ। यसले हाम्रा खेलाडीलाई बलिङमा समस्या भएन तर बाँकी टिमको अभ्यास कम भएकै हो।’

पीएमकपका लागि भनेर केही टिमले त केही हप्तामात्र अभ्यास गरेको भएर पनि कमजोर भएको कप्तान क्षेत्रीको ठहर छ।

तर प्रदेश १ लाई सबै कुरामा बलियो मान्न भने मिल्दैन्। फिल्डिङमा अझै धेरै सुधार गर्नुपर्ने कप्तान क्षेत्री स्विकार गर्छिन्।

भन्छिन्, ‘फिल्डिङमा बाहेक हामीले सबै राम्रो गरेका छौं। किनभने हामीसँग त्यत्रो मैदान छैन कि फिल्डिङ अभ्यास गर्न सकौं। जसकारण त्यो भएको हो।’

प्रतियोगितामा देखिएको एउटा नयाँपक्ष यो पनि हो कि अन्य प्रतियोगिताको तुलनामा क्याचआउट कम र रनआउट धेरै भए।

‘क्याचआउट भन्दापनि रनआउट धेरै हुनुको कारण चाहिँ म्याचएक्पोजरको कमिका कारण हो,’ उनले स्पष्ट पारिन्, ‘रन कुद्ने कि नक्ुद्ने भन्ने चेतको कमीका कारण पनि खेलाडीमा यस्तो हुनगएको हो।’

खेलाडीमा एक्पोजर नभएपछि केही राम्रो टिमसँग खेल्यो भने पनि नै धेरै दबाब हुन्छ। राष्ट्रिय टोलीको सदस्य धेरै भएको टिमका हिसाबले पनि अन्य टिम दबाबमा आएको हुनसक्ने कप्तान क्षेत्री बताउँछिन्।

तर क्रिकेटमा उत्कृष्टताका अलावा भाग्यले पनि भूमिका खेल्छ। रुविना भन्छिन, ‘क्रिकेटमा लक वा भाग्य पनि महत्वपूर्ण पार्ट हुन्छ, किनभने टस त कसैको हातमा हुँदैन् नि! खेलका लागि टस धेरै महत्वपूर्ण हुन्छ।’

आफूले जानेअनुसार लकमा भेरै कुरा भरपर्ने कप्तान क्षेत्रीको विश्वास छ।

‘व्यक्तिगत मेरो कुरा गर्दा चाहिँ मैले धेरै टस हारेको छैन्। हारेकोभन्दा जितेको नै धेरै छ। इन्टरनेशसन गेममा पनि,’ उनले भनिन्, ‘यहाँ पनि एउटा टस हारेँ बाँकि चारबटामा जितेँ। यसले खेलमा धेरै सहज हुन्छ।’
 

प्रकाशित: Jan 06, 2021| 00:15 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।