शुक्रबार, वैशाख १४, २०८१

विकास खर्च कम भएपछि खर्च बढाउन महालेखाको परिपत्र

चालू आर्थिक वर्ष २०७७/७८ को करिब आधा समय वित्नै लाग्दा समेत पुँजीगत खर्च न्यून भएपछि महालेखाले पुँजीगत खर्च बढाउन परिपत्र गरेको छ। 
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

काठमाडौं– चालू आर्थिक वर्ष २०७७/७८ को करिब आधा समय वित्नै लाग्दा समेत पुँजीगत खर्च न्यून भएपछि महालेखाले पुँजीगत खर्च बढाउन परिपत्र गरेको छ। 

triton college

महालेखा नियन्त्रकको कार्यालयले चालू आर्थिक वर्षको साढे ५ महिना वितिसक्दा पनि १२ प्रतिशत मात्रै पुँजीगत खर्च भएको भन्दै मातहतका कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई पुँजीगत खर्च बढाउने पहल गर्न परिपत्र गरेको हो ।

परिपत्रमा अहिलेसम्म १२ प्रतिशत मात्रै खर्च भएकाले बाँकी अवधिमा उल्लेख्य खर्च गर्नुपर्ने र त्यसका लागि विकास निर्माणका काम गर्ने निकायहरुसँग पहल गर्न भनिएको छ।

‘पुँजीगत बजेटको १२ प्रतिशत मात्रै खर्च भई न्यून वित्तीय प्रगति भएको हुँदा पुँजीगत खर्च गर्ने सम्पूर्ण निकायहरुलाई उपलब्ध स्रोत साधन तथा जनशक्ति समेत परिचालन गरी चालू आर्थिक वर्षको बाँकी अवधिमा उल्लेख्य मात्रामा पुँजीगत खर्च वृद्धि गर्ने गरी वार्षिक लक्ष्य तथा प्रगति हासिल गर्न जिल्लास्थित विकास निर्माणसँग सम्बन्धित कार्यालयहरुलाई पुँजीगत खर्च वृद्धिका लागि पहल गर्न गराउन निर्देशानुसार अनुरोध छ’ पत्रमा भनिएको छ ।

मंगलबार सम्म कुल पुँजीगत बजेटको १२.१९ प्रतिशत मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। 

corrent noodles
Metro Mart

चालू आवमा पुँजीगत बजेट ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ थियो। उक्त बजेटमध्ये  मंगलबारसम्म ४३ अर्ब १ करोड ९७ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित: Jan 05, 2021| 13:13 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्