एजेन्सी- म्यानमार सैन्य कुविरुद्धको जारी प्रदर्शनका क्रममा गोली लागेकी एक युवतीको मृत्यु भएको छ।
जारी आन्दोलनमा यो नै आन्दोलनकारीको पहिलो मृत्यु हो।
म्या थे थे खाइङ नामकी युवती उनको २० औँ जन्मदिनको दुईअघि प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी थिइन्।
प्रदर्शनकारीका अनुसार गोली लागेपछि गम्भीर घाइते भएकी उनको अवस्था केही दिनयता स्थिर थियो र आज मृत्यु भयो।
उनको मृत्यु भएपछि प्रदर्शनकारीले उनको तस्बिर राखेर यांगुनका विभिन्न ठाउँमा श्रद्धाञ्जली अर्पण गरेका छन्।
म्यानमारमा सैनिकले निर्वाचित राष्ट्रपति विन मिन्ट, सर्वोच्च नेता आङ सान सुकीलगायतलाई गिरफ्तार गरे सत्ता कब्जा गरेको छ। गत फेब्रुअरी १ मा सैनिकले सत्ता कब्जा गरेपछि त्यहाँ विरोध प्रदर्शन चर्किरहेको छ।