शनिबार, वैशाख ८, २०८१

कैलालीको जोशीपुरबाट सालका गोलिया बरामद

प्रहरीले कैलालीको बिभिन्न क्षेत्रबाट ठूलो मात्रामा काठ बरामद गरेको छ।
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

धनगढी- प्रहरीले कैलालीको बिभिन्न क्षेत्रबाट ठूलो मात्रामा काठ बरामद गरेको छ।

triton college

प्रहरीले कैलालीको जोशीपुरबाट चार वटा साल जातको १६.२७ क्यूफिट काठको गोलिया बरामद गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल, ईलाका प्रहरी कार्यालय भजनी र जोशीपुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले जोशीपुर गाउँपालिका–७, भगतपुरबाट काठ बरामद गरेको हो। 

से १ त ८७२ नम्बरको ट्याक्टर पछाडि डल्लप जडान गरेर सालका गोलिया ल्याउँदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि चालकले ट्याक्टर छोडेर भागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।

बरामद गरिएको काठ र ट्याक्टर सव डिभिजन वन कार्यालय भजनीलाई बुझाइएको प्रहरी नायव उपरीक्षक बिष्टले बताए। 

यस्तै, जोशीपुर गाउँपालिका–३ बाट दुईवटा सालका गोलिया बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले से २ प ५४२८ र से १ प ८७५९ नम्बरको मोटरसाइकलमा लोड गरेर राखिएको ५ फिट लम्बाई र ५.५ फिट गोलाई तथा ५ फिट लम्बाई र ३.४ फिट गोलाई भएको सालको गोलिया बरामद गरिएको प्रहरी नायव उपरीक्षक बिष्टले बताए।

corrent noodles
Metro Mart

बरामद गरिएका सालका गोलिया र मोटरसाइकल आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यालय भजनीलाई बुझाएको उनले बताए।

प्रकाशित: Jan 04, 2021| 14:57 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।