काठमाडौं। नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि मुम्बई गएका छन्।
पत्नी सीताको उपचारका लागि दाहाल नेपाल एअरलाइन्सको नियमित उडानमार्फत् मुम्बई गएका हुन्।
दाहालसँगै छोरीहरू रेणु र गंगा दाहाल पनि मुम्बई प्रस्थान गरेका छन्।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष दाहाल बुधबारसम्म फर्किने कार्यक्रम रहेको जानकारी दिए।
सीता दाहालको उपचारका लागि मंगलबार नै चिकित्सकको समय निर्धारण गरिएको छ।
अध्यक्ष दाहाल पछिल्लो राजनीतिक घटनाक्रमका समयमा बाहिर जान नचाहेको भए पनि पत्नीले नमानेपछि मुम्बई गएका हुन्।
उनी मुम्बईमा छोरी र ज्वाइँलाई राखेर आफू फर्किने कार्यक्रम छ।
दाहाल पत्नी लामो समयदेखि बिरामी छिन्। केही दिनअघि थप अस्वस्थ भएपछि उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।