धनगढी- बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
धनगढीबाट बझाङतर्फ जाँदै गरेको नम्बर नभएको (अनटेष्ट) ट्याक्टर जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सिगास गाउँपालिका ९, बाँजपानीमा दुर्घटना भएको हो।
दुर्घटनामा बझाङको बित्थडचीर गाउँपालिका ४ का ४० वर्षीय जितबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो।
ट्याक्टर चालक बझाङको बित्थडचीर गाउँपालिका ५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्याक्टरमा सवार बित्थडचीर गाउँपालिका ४ का २० वर्षीय कृष्ण बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए।
चालक महराको दुबै खुट्टा भाँच्चिएको छ भने कृष्ण बोहराको खुट्टामा चोट लागेको छ। घाइते दुबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी निरीक्षक धामीले बताए।
ट्याक्टर सडकबाट करिब २०० मिटर तल खसेको धामीले बताए।