काठमाडौं– काठमाडौं उपत्यकामा हिउँदे वर्षा भएको छ। गएरातिबाट नै बादल लागेको मौषमका कारण काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा भएको हो।
आज देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। त्यसैले पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
साथै वर्षा तथा हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई देशैभर चिसो बढ्ने महाशाखाको भनाइ छ। महाशाखाका अनुसार आगामी तीन दिनसम्मको मौसम यस्तै रहने छ।
यस्तो छ तीन दिनको मौसमी विवरण
पुस २० गते (सोमबार)
दिउँसो : देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू-भागहरूका केही स्थानहरू तथा लुम्बिनी, बागमती र प्रदेश १ को भू-भागहरूका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूका केही स्थानहरू तथा लुम्बिनी, बागमती र प्रदेश १ को भू-भागहरूका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
पुस २१ गते (मंगलबार)
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानहरू तथा बागमती र प्रदेश १ को भू-भागहरूका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, गण्डकी , बागमती प्रदेश तथा प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरूका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
पुस २२ गते (बुधबार)
दिउँसो : देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति : देशको पहाडी भू-भागमा आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।