मंगलबार, वैशाख ४, २०८१

पर्यटकले भरियो कालिञ्चोक

वार्षिक लाखौं पर्यटकले भ्रमण गर्ने जिल्लाको मुख्य गन्तव्य स्थल कालिञ्चोकमा ठूलो संख्यामा पर्यटकको चहलपहल भएपछि यहाँका व्यवसायीमा उत्साह थपिएको हो।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

दोलखा– कोभिडका कारण पर्यटकीय चहलपहल सुनसान भएसँगै निरास बनेका जिल्लाका अधिकांश व्यवसायी अहिले बिस्तारै उत्साही देखिन थालेका छन्।

triton college

बन्दाबन्दीले सुनसान बनेको दोलखाको विभिन्न पर्यटकीय गन्तव्यमध्ये अहिले कालिञ्चोक क्षेत्र पर्यटकले भरिभराउ भएको छ। 

वार्षिक लाखौं पर्यटकले भ्रमण गर्ने जिल्लाको मुख्य गन्तव्य स्थल कालिञ्चोकमा ठूलो संख्यामा पर्यटकको चहलपहल भएपछि यहाँका व्यवसायीमा उत्साह थपिएको हो।

अंग्रेजीजी नयाँ वर्ष २०२१ का अवसरमा रमाउन धार्मिक तथा पर्यटकीयस्थल कालिञ्चोकमा हजारौंको संख्यामा पर्यटकको आगमन भएको छ।

दस महिनादेखि सुनसान बनेको कालिञ्चोकको होटल अंग्रेजी नयाँ वर्षका अवसरमा शुक्रबार र शनिबार पूरै भरिभराउ भएका थिए। 

corrent noodles
Metro Mart

दुई दिनको अवधिमा कालिञ्चोक क्षेत्रमा करिब आठ हजार पर्यटक भित्रिएको कालिञ्चोकका होटल व्यवसायी चन्द्र लामाले बताए। 

दुई दिनमा करिब सात हजार मानिसले टिकट काटेर केबुलकारमार्फत कालिञ्चोक मन्दिरको दर्शन गर्न गएको कालिञ्चोक केबुलकार प्रालिले जनाएको छ। 

चरिकोटदेखि १७ किलोमिटरको दूरीमा यातायातमार्फत सहज तरिकाले कुरी बजारसम्म पुग्न सकिने र कुरीदेखि कालिञ्चोक मन्दिरसम्म केबुलकारमार्फत सजिलै पुग्न सकिने भएको हुँदा ज्येष्ठ नागरिक तथा बालबालिकालाई समेत सहज भएको छ। 

हिमाली जिल्ला दोलखा तराईका जिल्लासँग छोटो दूरीको सडक सञ्जालमार्फत सहज तरिकाले जोडिएसँगै कालिञ्चोक क्षेत्रमा तराई मूलका पर्यटकको संख्या बढ्दै छ।

राजधानी काठमाडौँ तथा तराईसँग सहजै छोटो दूरीमा सडक सञ्जालले जोडिएका कारण कालिञ्चोक क्षेत्रमा तराई तथा भारतीय मूलका पर्यटकको सख्ंयामा वृद्धि हुँदै गएको चरिकोटका पर्यटन व्यवसायी दावा लामाले बताए। 

पर्यटकको चहलपहल सुरु भएसँगै व्यापार व्यवसायसमेत सञ्चालन हुने भएको हुँदा आफूहरु उत्साहित भएको त्रिपुरा रिसोर्टका सञ्चालक चन्द्र लामाले बताए। 

कुरी क्षेत्रमा पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न करिब १०० होटल सञ्चालनमा छन्।

समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोक भगवतीको मन्दिरमा दर्शन गर्न तथा हिउँमा रमाउनका लागि पर्यटक कालिञ्चोक पुग्ने गर्दछन्।

हिउँदमा अधिकांश समय हिउँ पर्ने भए पनि यस वर्ष जिल्लको अधिकांश क्षेत्रमा हिमपात भएको छैन।  यस क्षेत्रबाट हिउँको रमाइलोसँगै गौरीशंकर हिमाल, रोल्वालिङ हिमशृंखलालगायत विभिन्न क्षेत्रको अवलोकन पनि गर्न सकिन्छ। रासस 

प्रकाशित: Jan 03, 2021| 08:35 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्