शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पुँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्छ : मन्त्री अर्याल

पुँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्छ : मन्त्री अर्याल

कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पुँजीको विकास गर्न सबै मानिस श्रममा जोडिनुपर्ने बताएकी छन्।
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पुँजीको विकास गर्न सबै मानिस श्रममा जोडिनुपर्ने बताएकी छन्। थनेत प्लानेट फार्म प्रालिको शुक्रबार उद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।

triton college

पुँजीको विकास गरेर समाजवादमा जोडिने भन्दै मन्त्री अर्यालले यसका लागि सबै श्रममा अनिवार्य रुपमा जोडिनुपर्ने बताइन्।

श्रमलाई सम्मान गर्ने वातावरणको विकास गर्दै जानुपर्ने अहिलेको आवश्यकता भएको भन्दै उनले किसानलाई सम्मान नगर्ने हिजोको प्रचलनलाई बदलेर अब श्रमलाई सम्मान गर्ने प्रवृत्तिको विकास गर्नुपर्नेमा जोड दिइन्।

विदेश गएर फर्किएका धेरै युवा अहिले व्यावसायिक रुपमा कृषि कर्ममा लागेको बताउँदै उनले अब स्वदेशमै रहेर बेरोजगार भएकाहरुलाई पनि यसतर्फ आकर्षित गर्न आवश्यक रहेको बताइन्।

प्रकाशित: Jan 01, 2021| 10:10 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।