बुधबार, वैशाख ५, २०८१

आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति 

वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ। 
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं– वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ। 

triton college

विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन्।

वैदेशिक रोजगारीमा रहेका नागरिकले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिएर पुनः श्रम स्वीकृति प्राप्त गर्न सक्ने विभागले जनाएको छ। यसबाट बिदामा नेपाल आएका वा विदेशमै रहेकाले लाभ लिन सक्नेछन्।

विभागको अनलाइन प्रणालीबाट आँखाको स्क्यान तथा औँठाछाप स्क्यान गरेर श्रम स्वीकृति लिएकाले अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सक्नेछन्। अनलाइनमार्फत पुनः श्रम स्वीकृतिका लागि विभागको वेवसाइटमा अनलाइन श्रम स्वीकृतिमा क्लिक गरी फारम भर्न सकिनेछ। फारम भरिसकेपछि कुन शाखाबाट पुनः श्रम स्वीकृति लिने हो त्यो छान्नुपर्छ।

विभागले विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीका साथै काठमाडौंको ताहचलबाट श्रम स्वीकृति प्रदान गर्दै आएको छ। श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन फिर्ता भएमा सोको कारणसहितको एसएमएस आवेदकको मोबाइल नम्बरमा जानेछ। विभागले फारम भर्दा सही मोबाइल नम्बर, इमेल उल्लेख गर्न आग्रह गरेको छ।

corrent noodles
Metro Mart

श्रम स्वीकृतिका लागि आवेदन गर्दाको ‘युजरनेम’ र ‘पासर्वड’ सुरक्षित राख्न पनि विभागले अनुरोध गरेको छ। श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको इमेलमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेछ। आवेदक आफैले आवश्यकतानुसार प्रिन्ट गरेर राख्न सक्ने विभागले जनाएको छ।

विभागले यसअघि नै म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम अनलाइन भुक्तानी गर्ने व्यवस्था मिलाइसकेको छ। बीमा र कल्याणकारी कोषको रकम अनलाइनबाट भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने विभागले जनाएको छ।  

प्रकाशित: Jan 01, 2021| 04:41 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।