काठमाडौं– मुलुकमा आर्थिक क्षेत्र विस्तार भएसँगै होटल म्यानेजमेन्ट पढेका जनशक्तिको माग बढ्न थालेको छ। यही कारण होटल म्यानेजमेन्ट विद्यार्थीको रोजाइको विषय बनेको छ। त्यसैले यो विषय पढाउने कलेजको संख्या पनि बर्सेनि बढिरहेको छ।
अस्ट्रियाको साल्जबर्ग विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित ‘इन्टरनेसनल स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट’ (आईएसटी) यहीमध्येको एउटा कलेज हो।
होटल म्यानेजमेन्टका दक्ष जनशक्ति उत्पादन गर्दै आएको आईएसटी सन् २००४ मा स्थापना भएको हो। नेपालमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने आईएसटी काठमाडौंको ज्ञानेश्वरमा अवस्थित छ।
कलेजका अनुसार यसबाट हालसम्म स्नातक तहका होटल म्यानेजमेन्टतर्फका एक हजार भन्दा बढी जनशक्ति उत्पादन भइसकेका छन्। कलेजमा स्नातकोत्तरसम्म पढाइ हुन्छ।
यस कलेजले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत होटल मेनेजमेन्ट मातहतका विषयको सीप विकास केन्द्रका रुपमा काम पनि गर्दै आएको छ।
यसका अतिरिक्त आईएसटीले अनुसन्धान तथा प्राज्ञिक पुस्तक प्रकाशनमा पनि गरिरहेको छ। जसअन्तर्गत प्रा. डा. रमेशराज कुँवरद्वारा लिखित ‘टुरिस्ट एन्ड टुरिजम’ पुस्तक प्रकाशन भइसकेको छ भने ‘द गेज’ नामक टुरिजम जर्नल नियमित प्रकाशन भइरहेको छ।
आईएसटीले ‘न्यु बिजिनेस एज’ बाट प्रदान गरिने ‘बेस्ट होटल मेनेजमेन्ट कलेज’ अवार्ड चारपटक पाइसकेको छ। आईएसओ सर्टिफाइड प्राप्त कलेजले विश्वविद्यालय अनुदान आयोगबाट इन्टिच्युसनल एक्रिडेसन सर्टिफिकेट पनि पाएको छ।
नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धन प्राप्त होटल तथा टुरिजम मेनेजमेन्ट कलेजमध्ये उक्त सर्टिफिकेट पाउने आईएसटी एक मात्र कलेज हो।
आईएसटीले बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लंकासायर, थाइल्याडको सिनाभात्रा विश्वविद्यालय र सुवानदुसित राजाभाट विश्वविद्यालय, अस्टे«लियाको चाल्स डार्विन विश्वविद्यालय र इन्टरनेसनल कलेज अफ होटल मेनेजमेन्ट, आयरल्याडको ग्रिफिथ कलेज, चीनको सान्या एभिएसन एन्ड टुरिजम कलेज र अस्ट्रियाको साल्जबर्ग टुरिजम स्कुल र इन्स्टिच्युट अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट कलेज तथा विश्वविद्यालयसँग सम्बन्ध स्थापित गरेको छ। साथै यो कलेज नेपाल होटल संघ, अन्तर्राष्ट्रिय होटल स्कुल एसोसिएसन, पाटा नेपाल च्याप्टर र अन्तर्राष्ट्रिय शिक्षण संस्था संघ नेपालको सदस्य हो।
पर्यटन विकासका अग्रस्थानमा आउने अस्ट्रियाको डिग्री दिने भएकाले आईएसटीबाट उत्पादित जनशक्तिको माग विश्वभर छ। भौगोलिक बनावटका आधारमा नेपालसँग मिल्दोजुुल्दो भएकाले अस्ट्रियाको पर्यटन विकास र ग्रामीण पर्यटनको नमुनालाई नेपालमै उत्पादित जनसंख्याले स्वदेशमै प्रयोग गर्न सक्छन्।
आईएसटीले प्रदान गर्ने अस्ट्रियन डिग्रीले अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गरी नेपालको पर्यटन विकासमा ठूलो टेवा पुग्ने कलेजको विश्वास छ।
‘साल्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्सेस’ युरोपमा ख्याति कमाएको विश्वविद्यालय हो। यस विश्वविद्यालयसँग सम्बद्ध संस्थाहरूले ६ दशकदेखि पर्यटन तथा होटल मेनेजमेन्टका विषयमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक तालिम प्रदान गर्दै आइरहेका छन्।
साल्जबर्ग विश्वविद्यालयका पाठ्यक्रम परिष्कृत, सम्बन्धित क्षेत्रको आवश्यकता र समयानुकूल तयार गरिएको हुन्छ।
पाठ्यक्रममा प्राज्ञिक तथा व्यावसायिक पक्षलाई ध्यान दिइनुको साथै व्यक्तित्व विकासलाई महत्त्वका साथ उठाइएको हुन्छ। विश्वविद्यालयको पाठ्यक्रममै नियमित अतिथि शिक्षक, व्यावहारिक पढाइ, मौलिक र आधुनिक दुवै पठनशैली अपनाइएको हुन्छ।
विश्वविद्यालयको मूल्यांकन पद्धति पनि व्यावहारिक छ। कुल अंकमध्ये ४० प्रतिशत आन्तरिक र ६० प्रतिशत अंक बाह्य परीक्षाका लागि छुट्याइएको हुन्छ।
सौन्दर्य र शिष्टाचार, आचरण र अनुशासन, कक्षाकोठामा नियमित उपस्थिति, परियोजना कार्य, प्रगति विवरण जस्ता मापदण्डका आधारमा आन्तरिक मूल्यांकन गरिन्छ।
अन्तर्राष्ट्रिय डिग्री, गुणस्तरीय शिक्षा, अतिरिक्त शैक्षिक क्रियाकलाप, प्रयोगात्मक तालिम, विदेशमा इन्टर्न, सहुलियत शुल्क, सुविधा सम्पन्न भौतिक वातावरणलगायत कारणले विद्यार्थीको रोजाइमा परेको कलेजको बुझाइ छ।
विदेशमा इन्टर्न
कुनै पनि विषयमा १२ कक्षा वा सो सरह उत्तीर्ण गरिसकेपछि होटल मेनेजमेन्टमा तीनवर्षे स्नातक (एफएचएस) डिप्लोमा कोर्स अध्यापन गर्न पाइन्छ।
जसमा दुई वर्ष कलेजमा अध्यापन गराइन्छ भने पछिल्लो एक वर्ष कलेजले स्वदेश तथा विदेशका विभिन्न तारे होटलमा इन्टर्नका लागि पठाउने गरेको छ।
आईएसटीका विद्यार्थीले नेपाल र अस्ट्रियाका साथै बेलायत, बहराइन, भारत, चीन, मलेसिया, संयुक्त अरब इमिरेटसका होटलमा इन्टर्न गरिसकेका छन्।
तीन वर्षे स्नातक डिग्री हासिल गरिसकेपछि कुनै पनि मुलुकका तारे होटलमा एक्जुकेटिभ तहको रोजगारी सजिलै पाउन सकिन्छ।
आईएसटीबाट अहिले १३ औं ब्याचका विद्यार्थी पढिरहेका छन्। कलेजले नेपालमै १२ औं दीक्षान्त समारोह पनि आयोजना गरिसकेको छ।
नियमित अध्ययनका अतिरिक्त व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत आईएसटीका विद्यार्थीले विभिन्न सामाजिक कार्य, रक्तदान, जनचेतनामूलक कार्यक्रम, वृद्धाश्रममा गएर खाना तथा कपडा वितरणलगायत कार्यक्रम गर्दे आएका छन्। कलेजले पिछडिएका क्षेत्रका बालबालिकालाई आर्थिक अनुदानसमेत प्रदान गर्दे आएको छ।
* एड्भर्टाेरियल