शुक्रबार, वैशाख ७, २०८१

अत्यावश्यक बाहेक यात्रा नगर्न चिनियाँ सरकारको आह्वान

आफ्ना नागरिकलाई  चाडपर्व मनाउने नाममा अनाबश्यक यात्रा नगर्न चिनियाँ सरकारले आह्वान गरेको छ। 
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

काठमाडौं- आफ्ना नागरिकलाई  चाडपर्व मनाउने नाममा अनाबश्यक यात्रा नगर्न चिनियाँ सरकारले आह्वान गरेको छ। 

triton college

चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले अत्याबश्यक यात्रा मात्रै गर्न नागरिकलाई  आह्वान गरेको हो। 

नयाँ वर्ष लगायतका चाडपर्वको अवसरमा मानिसहरु धेरै आवत जावत गर्ने भएकाले यस पटक रमाइलोका लागि गरिने यात्रा बन्द गर्न त्यहाँको सरकारले आह्वान गरेको हो।   

कोरोनाभाइरसको महामारी फैलिइरहेका बेला यात्रा गर्दा महामारी थप फैलिन सक्ने भएकाले यात्रामा रोक लगाइएको मन्त्रालयको भनाइ छ। 

यात्रा गर्नु नै पर्ने भएमा उच्च सतर्कता अपनाउन र स्वास्थ्य मापदण्डहरुको पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

corrent noodles
Metro Mart

माक्स लगाउने, सामाजिक दूरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्ने वा साबुन पानीले हात धुने जस्ता सतर्कता अपनाउन जोड गरिएको छ।

मन्त्रालयले पर्यटकहरुलाई पनि महामारीबाट बच्नका लागि उच्च सतर्कता अपनाउन आग्रह गरिएको जनाएको छ। 

प्रकाशित: Dec 31, 2020| 00:25 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।