शुक्रबार, वैशाख १४, २०८१

फटाफट सेवा सञ्चालनमा

 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

काठमाडौं– जे चाहिन्छ फटाफट पाइन्छ भन्ने नाराका साथ फटाफट सेवाले बजारमा उपस्थिति जनाएको छ । 

triton college

कोरोना कहरका बीच संक्रमण जोखिमलाई ध्यानमा राख्दै फटाफट सेवा डटकमको सुरुवात गरिएको हो। अंग्रेजी नयाँ वर्षको अवसर पारेर बजारमा आएको फटाफट सेवाले छुटमाथि छुट अफर समेत सञ्चालन गर्ने बताएको छ ।  

‘जेन्युन’ मोबाइलका अतिरिक्त विभिन्न प्रकारका एक्सेसरिज, ग्याजेट तथा इलेक्ट्रोनिक सामानहरु अनलाइन मार्फत खरिद गर्न चाहनेका लागि विभिन्न योजना सहित सेवा सुरु गरिएको फटाफट सेवाले जनाएको छ। 

फटाफट सेवा प्रालिले सञ्चालन गरेको इकमर्श प्लेटफर्ममा पुराना मोबाइल ल्याएर नयाँ मोबाइल साट्न सकिन्छ भने शून्य प्रतिशत व्याजदर र डाउन पेमेण्टमा हरेक किसिमका विद्युतीय उपकरणहरु खरिद गर्न सकिन्छ । 

छुटै छुट अफर अन्तर्गत फटाफट सेवाबाट कुनै पनि सामान खरिद गर्दा १० प्रतिशत ‘ट्याक्स रिफण्ड’ को व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यस्तो प्रकारको सुविधा नेपालमै पहिलो पटक प्रदान गर्न लागिएको फटाफट सेवाको दाबी छ । 

corrent noodles
Metro Mart

त्यसै गरी अनलाइन पेमेन्ट गर्नेहरुलाई १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको फटाफट सेवाले विभिन्न भुक्तानी सेवा प्रदायकहरुसँग सम्झौता गरे भुक्तानी सेवा सुचारु गरेको छ । फटाफट सेवाबाट खरिद गरेका सामाग्रीहरुको भुक्तानी ईसेवा, सेल पे, फोन पे, खल्ती तथा आईएमई पे मार्फत भुक्तानी गर्न सकिने र उल्लेखित माध्यमबाट भुक्तानी गर्नेहरुलाई मात्र १५ प्रतिशत छुटको व्यवस्था गरिएको हो । 

यसका अलावा फटाफट सेवाले मोटरसाइकल तथा स्कूटर खरिद गर्नेहरुलाई १० हजार रुपैयाँदेखि ३९ हजार ९९९ रुपैयाँसम्म नगद छुटको व्यवस्था समेत गरेको छ । त्यस्तै फटाफट सेवा मार्फत मोबाइल खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँसम्मको दुर्घटना उपचार खर्च समेत पाउने व्यवस्था गरिएको छ । यसका साथै ‘हट अफर’ अन्तरगत ९० प्रतिशतसम्मको छुटमा सामान खरिद गर्न सकिनेछ ।

ग्राहकहरुले फटाफट सेवा डटकममा ‘एकाउण्ट’ खोल्दा ५०० रिवार्ड प्वाइन्टका साथै अरुलाई ‘रिफर’ गरेमा ५० रिवार्ड प्वाइन्ट प्राप्त गर्न सक्नेछन्।
 

प्रकाशित: Dec 30, 2020| 12:09 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्