हेटौडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता र सचेतकलाई बर्खास्त गरेका छन्।
आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन प्रमुख भूमिका निर्वाह गरेका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई संसदीय दलको नेताको हैसियतमा पौडेलले बर्खास्त गरेका हुन्।
पौडेलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ४५ मध्ये ३० सांसदलाई स्पष्टिकरण समेत सोधेका छन् ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले पहिलो चरणमा ३० जना सांसदहरुसँग स्पष्टिकरण सोधिएको जानकारी दिए।
नेकपाको दाहाल–नेपाल समूहका ४५ प्रदेशसभा सदस्यले १० पुसमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
वाग्मती प्रदेशमा नेकपाको कुल ८० सांसदमध्ये प्रधानमन्त्री ओलीको पक्षमा ३४ र दाहाल–नेपाल पक्षमा ४६ सांसद छन्।