काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभा अदालतले पुनर्स्थापना गर्ने बताएका छन्।
उक्त समूहले मंगलबार बुटवलमा आयोजना गरेको विरोध सभामा उनले भने, ‘अदालतले संसद् पुनर्स्थापना गरेर न्यायिक स्वतन्त्रता कायम गर्नेछ। अदालत पनि जनताको पक्षमा न्याय दिन चुक्यो भने आन्दोलनको बलमा ३ महिनाभित्र संसद् पुनर्स्थापना भएरै छाड्छ।’
केपी ओलीले घर झगडाको निहुँमा पूरै देशमा आगो लगाउन थालेको भन्दै भुसालले अदालतले संविधानसम्मत् र जनपक्षीय निर्णय गर्ने बताए।
विरोध सभामा नेकपा केन्द्रीय सदस्य वामदेव क्षेत्रीले जनताको त्याग र बलिदानबाट बनेको संविधानलाई बचाउन पनि संसद् पुनर्स्थापना जरुरी रहेकोमा जोड दिए।