काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपालको आन्तरिक मामिलामा सुझावको आवरणमा विदेशी हस्तक्षेप बढ्दै गएको बताएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको उच्च प्रतिनिधिमण्डल नेपाल भ्रमणमा रहेका बेला उनले ट्वीटरमार्फत् यस्तो धारणा राखेका हुन्।
उनले लेखेका छन्- ‘मैले नबुझेको हो वा बढी बुझेको हो, थाहा छैन चिनियाँ कम्युनिष्ट पार्टीले झैं अन्तर्राष्ट्रिय भाइचारा भन्दै भारतीय कंग्रेसले नेपाली कांग्रेस र भाजपाले राप्रपाको आन्तरिक मामिलामा सुझावको आवरणमा दबाब, प्रभाव, हस्तक्षेप दिन थाले नेपालको स्वाभिमान, सार्वभौमिकता र जनताको निर्णायकत्वको के हाल होला ?’