शुक्रबार, वैशाख १४, २०८१

सुन्तला उत्पादनमा कमी

सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ। 
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

कावासोती– सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ। 

triton college

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो। गएको चैत वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी आएको छ। 

असिनाका कारण बोटमा क्षति पुग्दा उत्पादनमा कमी आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल जोन कार्यक्रम नवलपुरका प्रमुख वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माले बताए।

नवलपुरमा यस  वर्ष करिब २० हजार टन सुन्तला उत्पादन भएको छ। गत वर्ष जिल्लामा २२ हजार ३८ टन सुन्तला उत्पादन भएको थियो। यस वर्ष सुन्तला उत्पादनमा करिब १० प्रतिशतले कमी आएको शर्माले जानकारी दिए। 

यस वर्ष सुन्तला बिक्रीबाट करिब आठ करोडको कारोवार हुने अनुमान गरिएको छ। गत वर्ष जिल्लामा सुन्तला बिक्रीबाट नौ करोड आम्दानी भएको थियो। गत वर्ष किसानले थोक मूल्य सरदर ३० देखि ४० प्रतिकिलो मूल्यमा बिक्री गरेका थिए। यस वर्ष सुन्तलाको मूल्यमा खासै गिरावट आएको छैन। 

corrent noodles
Metro Mart

यस वर्ष सरदर ५० देखि ६० प्रतिकिलो किसानले थोकमा बिक्री गरिरहेको शर्माले बताए।   मूल्यमा यस वर्ष वृद्धि भएकाले उत्पादनमा कमी आए पनि आम्दानीमा भने धेरै फरक नआएको उनको भनाइ छ।  

जिल्लाको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूलको राम्रो उत्पादन हुँदै आएकाले त्यसको उत्पादनलाई वृद्धि गराउँदै, व्यावसायीकरण गराउनका लागि यहाँ  आर्थिक वर्ष ०७५–७६ बाट १० वर्षे जोन परियोजना सुरु भएको हो।

 – रासस

प्रकाशित: Dec 29, 2020| 05:59 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्