मंगलबार, वैशाख ११, २०८१

फोन पे स्टुडेन्ट एम्बेस्डरको उपाधि ‘इन्फ्लु-एसर’लाई

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टको टोली इन्फ्लु-एसरले ‘फोन पे स्टुडेन्ट एम्बेस्डर २०२०’ जितेको छ।
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

काठमाडौं- एस इन्स्टिच्युट अफ म्यानेजमेन्टको टोली इन्फ्लु-एसरले ‘फोन पे स्टुडेन्ट एम्बेस्डर २०२०’ जितेको छ।

triton college

डिजिटल नेपालको प्रवर्द्धनका लागि नवीन सोचका युवाहरूको खोजी गर्न फिनटेक कम्पनी ‘फोन पे’ ले पहिलोपटक विद्यार्थी लक्षित कार्यक्रम गरेको थियो। 

कार्यक्रम ४ अगस्ट २०२० देखि २१ नोभेम्बर २०२० सम्म सञ्चालन भएको थियो।

४ अगस्टदेखि ३१ अगस्टसम्म सञ्चालन भएको पहिलो चरणमा विद्यार्थीहरूले आवेदन फारमका साथै एउटा फोन पे सँग सम्बन्धित रचनात्मक भिडियो निर्माण गर्नुपर्ने थियो।

पहिलो चरणमा काठमाडौंका विभिन्न कलेजहरूबाट ५० जना विद्यार्थीहरूको सहभागिता थियो। 

corrent noodles
Metro Mart

दोस्रो चरणमा एम्बेस्डर छनोटका लागि शीर्ष १७ टोली छानिएका थिए। यस चरणमा सहभागीले तीन महिनामा ब्राण्डको प्रवर्द्धन कसरी गर्न सकिन्छ भन्ने आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए। 

९ अगस्टदेखि २१ नोभेम्बरसम्म एम्बेस्डरहरूले फिनटेकका परिदृश्यका साथै फोन पे का सबै सेवाहरूका विषयमा अध्ययन गरेका थिए।

शीर्ष १० विद्यार्थी दूतहरूमा एस इन्टरनेसनल बिजनेस स्कुलबाट ‘फ्रन्टरनर्स’, काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टबाट ‘जानुस’, द ब्रिटिस कलेजबाट ‘एक सपना’, काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट ‘गार्नेट’, पुल्चोक इञ्जिनियरिङ कलेजबाट ‘निर्भया’, एस इन्टिच्युट अफ म्यानेजमेन्टबाट ‘एस मास्ट्रोस’, नेसनल कलेज अफ कम्प्युटर स्टटिजबाट ‘टाइटन्स्’, हेराल्ड कलेज काठमाडौंबाट ‘एक्स्होर्टस’, एस इन्टिच्युड अफ म्यानेजमेन्टबाट ‘प्रभाव पार्ने मान्छेहरू’ र थेम्स् इन्टरनेसनल कलेजबाट ‘एनआईई’ थिए। 

यस अवधिमा विद्यार्थीहरूलाई भिडियो निर्माण प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर दिइएको थियो। 

उनीहरूले फोन पे प्रयोग र यसले पुर्‍याउने फाइदाका विषयमा भिडियो निर्माण गरेका थिए। 

विजेता टिमले बिगमार्टबाट प्रस्ताव गरिएको पाँच हजार रूपैयाँ बराबरको गिफ्ट भौचर प्राप्त गरेका थिए।

काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट ‘गार्नेट’ टोलीले भिडियो प्रतियोगितामा विजेता बन्यो। 

एस इन्स्टिच्युड अफ म्यानेजमेन्टले ६२ हजार ७०० प्वाइन्ट्स ल्याउँदै टाइटल उपाधि जित्न सफल भयो।

यस्तै काठमाडौ कलेज अफ म्यानेजमेन्ट फस्र्ट रनरअप जित्न सफल भयो।

यसैगरी एस इन्टिच्युटको टिम एस मास्ट्रोसले सेकेन्ड रनरअप जित्न सफल भयो। 

प्रकाशित: Dec 29, 2020| 05:25 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्