शनिबार, वैशाख ८, २०८१

एस्टोन भिल्लासँग बराबरीमा रोकियो चेल्सी

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा चेल्सी एस्टोन भिल्लासँग बराबरीमा रोकिएको छ।
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा चेल्सी एस्टोन भिल्लासँग बराबरीमा रोकिएको छ।

triton college

चेल्सीको मैदान, स्ट्याम्फर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टिमले स्टोन भिल्लासँग १–१ गोलको बराबरी खेलेको हो।

चेल्सीले बनाएको सुरुआती अग्रतालाई भिल्लाले तोडेपछि खेल बराबरीमा रोकियो। फरवार्ड ओलिभिए जिरुले ३४ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।

जिरुको गोलसँगै पहिलो हाफमा चेल्सी एक गोलले अघि रहे पनि दोस्रो हाफको ५० औं मिनेटमा भिल्लाका अन्वर एल घाजीले गोल गर्दै खेललाई बराबरी बनाए।

बराबरीसँगै चेल्सी अंकतालिकाको छैटौं स्थानमा छ भने एस्टोन भिल्ला पाँचौ स्थानमा छ। दुवै टिमको  समान २६ अंक छ।

corrent noodles
Metro Mart

त्यस्तै, गएराति सम्पन्न अर्को खेलमा लेस्टर सिटी र क्रिस्टल प्याललेसले पनि १–१ गोलको बराबरी खेलेका छन्।

पाहुना टिमका आईहेन्चोले १९ औं मिनेटमा पाएको पेनाल्टीको अवसर सदुपयोग  गर्न नसेपछि लेस्टर अग्रता बनाउनबाट चुकेको थियो।

यसकारण पहिलो हाफमा गोलरहित बराबरी भए पनि दोस्रो हाफमा दुवै टिमले १–१ गोल गरे।

क्रिस्टलका विलफ्रेड जाहाले ५८ औं मिनेटमा अग्रता बनाए भने लेस्टरका हाव्री बर्नेसले ८३ औं मिनेटमा अग्रता तोडे।

बराबरीसँगै २९ अंक बनाएको लेस्टर अंकतालिकाको दोस्रो स्थानमा कायम छ। क्रिस्टल १९ अंकका साथ १३ औं स्थानमा छ।
 

प्रकाशित: Dec 29, 2020| 01:17 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।