बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • शेखर भन्छन्, गणतन्त्र धरापमा पार्न दाहाल–नेपाल पनि उत्तिकै दोषी

शेखर भन्छन्, गणतन्त्र धरापमा पार्न दाहाल–नेपाल पनि उत्तिकै दोषी

‘निर्वाचन सुनिश्चित नभएसम्म सडक आन्दोलन जारी रहनेछ।’ 
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

विराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानविपरीत संसद् विघटन गरी संविधान र गणतन्त्र धरापमा पार्न प्रधानमन्त्री केपी ओलीजत्तिकै पुष्पकमल दाहाल र माधवकुमार नेपाल पनि दोषी रहेको बताएका छन्।

triton college

विराटनगरमा सोमबार आयोजित विरोधसभामा डा. कोइरालाले ओली जत्तिकै दाहाल र नेपाल पनि दोषी रहेकाले कांग्रेसले दाहाल र नेपालको पनि विरोध गर्ने स्पष्ट पारे। 

उनले कम्युनिस्टसँग कुनै पनि हालतमा सहकार्य नगर्ने बताउँदै तोकिएको समयमा निर्वाचन गराउन दबाब दिने उद्देश्यले कांग्रेसले सडक आन्दोलन थालेको बताए। 

ओलीको अनैतिक र गैरसंवैधानिक कदमको कांग्रेसले जहिल्यै भर्त्सना गर्ने उनको भनाइ छ। 

सर्वोच्चले संसद् पुनर्स्थापनाको विपक्षमा निर्णय सुनाए वैशाखमा तोकिएको मितिमै निर्वाचन गराउन सरकारलाई सडकबाटै खबरदारी गरिरहने पनि कोइरालाले बताए। 

corrent noodles
Metro Mart

उनले भने, ‘निर्वाचन सुनिश्चित नभएसम्म सडक आन्दोलन जारी रहनेछ।’ 

केन्द्रीय सदस्य डा. डिला संग्रौलाले ओली नेतृत्वको सरकारले जनताका काम गर्न नसकेको आरोप लगाइन्। उनले कोरोना महामारीमा परेका जनताको उपचारमा बेवास्ता गरेको बताइन्। 

प्रदेश नम्बर १ नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले विभिन्न आपराधिक गतिविधिमा सरकार नै संलग्न रहेको आरोप लगाए। 

विरोधसभामा राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझी, कांग्रेस क्षेत्रीय सभापति निरञ्जन रिजाललगायतले आन्दोलनबाटै संसद् पुनर्स्थापना गर्ने बताएका थिए।

कांग्रेसले मोरङका ६ वटै निर्वाचन क्षेत्रमा विरोध सभा गरेको मोरङ सचिव मोदराज घिमिरेले बताए।

प्रकाशित: Dec 28, 2020| 12:52 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।