बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • उखु किसानले तीन साताभित्र भुक्तानी पाउने, आन्दोलन स्थगित

उखु किसानले तीन साताभित्र भुक्तानी पाउने, आन्दोलन स्थगित

दुई हप्तादेखि आन्दोलित उखु किसानले आन्दोलन स्थगित गरेका छन्। 
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं– दुई हप्तादेखि आन्दोलित उखु किसानले आन्दोलन स्थगित गरेका छन्। 

triton college

सरकारले तीन साताभित्र उद्योगीबाट भुक्तानी दिलाउने सम्झौता गरेपछि आन्दोलन स्थगित भएको हो। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले २१ दिनभित्र उखु किसानको भुक्तानी दिलाउने सम्झौता मन्त्रालयमा भएको जानकारी दिए। ‘बाँकी अनुदानका विषयमा समेत थप अध्ययन गर्ने सम्झौताअनुसार उहाँहरुले तत्काललाई आन्दोलन स्थगित गर्ने हुनुभएको छ,’ उनले भने।

चिनी उद्योगीलाई बिक्री गरेको उखुको रकम समयमा नपाएपछि उखु किसान दुई साताअघि काठमाडौं आएर आन्दोलनरत थिए। गत साल पनि यही समयमा उनीहरु उखुको भुक्तानीका लागि काठमाडौं आएका थिए। 
 

प्रकाशित: Dec 28, 2020| 12:51 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।