बाँके- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता योगेशकुमार भट्टराईले देशमा अहिले निर्वाचन आवश्यक नभएको बताएका छन् ।
प्रेस सङ्गठन नेपालले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले मुलुकलाई अहिले निर्वाचन आवाश्यक नभएकाले प्रतिनिधि सभा पुर्नस्थापित हुने दाबी गरे ।
आफूले काम गर्न नसक्दैमा संसद् नै विघटन गर्नु असंवैधानिक भएको उनको भनाइ थियो ।
एक साताअघि केपी ओली नेतृत्वको मन्त्रिपरिषद्बाट राजीनामा दिएका नेता भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको विचार व्यक्त गरे ।
यस्तै नेता भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको दाबी गरे । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्ने उनको भनाइ थियो ।