धनगढी- कैलालीको भुतिया तालमा डुबेर एक युवतीको मृत्यु भएको छ।
घोडाघोडी नगरपालिका-८, दीपनगरकी १७ वर्षीया अनिता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोहन्याल गाउँपालिका-१, बगैगडास्थित भुतिया तालमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
ती युवती वनभोजका लागि सो ठाउँ गएको प्रहरीले जनाएको छ।