काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।
मुख्यमन्त्रीविरुद्ध ४६ जना संसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। बागमती प्रदेशसभामा ११० सदस्य छन्।
अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेशका तीन मन्त्रीले राजीनामासमेत दिएका छन्।
शुक्रबार सामाजिक विकासमन्त्री युवराज दुलाल, आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल र उद्याेग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले राजीनामा दिएका हुन्।